skip to Main Content
सम्पर्क: +977-23-563188 / 562847 (प्रधान कार्यालय) Check Mail Career Download Contact us

इँटाभट्टामा एनएमसीको आँखा शिविर

इँटाभट्टा । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित आँखा शिविर अभियान अन्तर्गत माघ १६ गते इँटाभट्टामा एकदिने आँखा शिविर सम्पन्न भएको छ । इँटाभट्टास्थित आदर्श माविमा सम्पन्न शिविरमा ३ सयभन्दा बढीले सेवा लिएका थिए । जसमध्ये ३३ जनामा मोतियाबिन्दुका बिरामीको पहिचान गरिएको थियो । संस्थाले मोतियाबिन्दु पहिचान गरिएका बिरामीको पूर्ण तथा आंशिक सहुलियतमा अपरेसन गरिने संस्थाले जनाएको छ ।

एनएमसी स्वास्थ्य समितिको आयोजना तथा इँटाभट्टा कार्यालयको स्थानीय व्यवस्थापनमा सम्पन्न शिविरमा काँकरभिट्टा आँखा अस्पतालको प्राविधिक सहयोग रहेको थियो । कार्यव्रmममा संस्थाका सञ्चालक समिति सदस्य नारायणप्रसाद कोइराला, कार्यालय प्रमुख प्रकाश पौड्याल, अपरेसन इन्चार्ज भानुभक्त पोखरेल, काँकरभिट्टा आँखा अस्पतालका नरेन्द्रकुमार यादवलगायतको उपस्थिति रहेको थियो ।

This Post Has 0 Comments

Leave a Reply

Back To Top