skip to Main Content
सम्पर्क: +977-23-563188 / 562847 (प्रधान कार्यालय) Check Mail Career Download Contact us

एनएमसीको आँखा शिविर

धुलाबारी । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तर्गतको विषयगत समिति एनएमसी स्वास्थ्य समितिको आयोजनामा एकदिने आँखा शिविर सम्पन्न भएको छ । शनिबार मेचीनगर–१५ स्थित ज्यामिरगढी माविमा सम्पन्न शिविरको स्थानीय व्यवस्थापन एनएमसी धुलाबारी कार्यालय र प्राविधिक सहयोग काँकरभिट्टास्थित मेची नेत्रालयको रहेको थियो ।

शिविरमा २ सयभन्दा बढीले सेवा लिएका थिए । संस्थाले अभियानको रुपमा यसै आर्थिक वर्षबाट सुरु गरेको आँखा शिविरले निरन्तरता पाइरहेको छ । मोतियाबिन्दुका बिरामीको पहिचान गर्दै आंशिक तथा पूर्ण सहुलियतमा अपरेसन गर्ने संस्थाले लक्ष्य लिए अनुरुप आँखा शिविर सञ्चालन गरिएको समितिका सदस्य सचिव जीवनमणि कटुवालले बताए ।

शिविरमा आँखा जाँच गरेमध्ये २० जनामा मोतियाबिन्दु फेला परेको थियो । एनएमसी धुलाबारी कार्यालयगत समिति संयोजक रामचन्द्र खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेचीनगर–१५ का वडा अध्यक्ष गुणराज भट्टराई, ज्यामिरगढी माविका प्रधानाध्यापक सन्तप्रसाद चौलागाईँ, मेची नेत्रालयका दृष्टि विशेषज्ञ एकनाथ झालगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन एनएमसी धुलाबारीका कार्यालय प्रमुख अरुणकुमार प्रधानले गरेका थिए ।

This Post Has 0 Comments

Leave a Reply

Back To Top