skip to Main Content
सम्पर्क: +977-23-563188 / 562847 (प्रधान कार्यालय) Check Mail Career Download Contact us

एनएमसीको २५औँ वार्षिक साधारण सभा

धुलाबारी । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि., झापा (एनएमसी) को २५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । धुलाबारीस्थित पासाङ ल्हामु स्मृति जेसिस प्रतिष्ठानमा सम्पन्न साधारण सभाले विविध कार्ययोजना अघि सारेको छ । सांसद एवम् व्यवस्थापिक संसदका अर्थ समिति सदस्य केदारप्रसाद सञ्जेलको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको थियो । साधारण सभाको उद्घाटन सत्रमा बोल्दै सांसद सञ्जेलले अब नेपाललाई कृषि प्रधान देश भनेर मात्र नपुग्ने र यसलाई व्यवहारमै लागू गर्नुपर्ने बताउनु भयो ।

जग्गा बाँझो राखेर बजारबाट सागसब्जी किनेर निक्कै गर्व र ठाटका साथ घर फर्किने चलनको अन्त्य नभएसम्म कृषि प्रधान देश नेपाल पाठ्यपुस्तकमा मात्र सीमित हुने वहाँको भनाई थियो । भदौ २४ गते शनिबार पासाङ ल्हामू स्मृति जेसीज प्रतिष्ठान धुलाबारीमा नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाको २५ औँ वार्षिक साधारण सभाको उद्घाटन कार्यव्रmमको प्रमुख अतिथि समेत रहनुभएका सांसद सञ्जेलले भन्न चाँहि नेपाललाई कृषिप्रधान देश भन्ने अनि कृषिलगायत हरेक कुराका लागि परनिर्भर बन्नु पर्नै अनि कसरी नेपाललाई कृषि प्रधान देश भन्ने ? सहभागीसँग प्रश्न गर्नुभयो ।

अब प्रत्येक नेपालीलाई कृषिलगायत हरेक कुरामा आत्मनिर्भर बन्नेछु भन्दैँ सङ्कल्पसहित अघि बढ्न सुझाव दिर्दैँ बारी बाँझो राखेर बजारबाट सागसब्जी बोकेर घर फर्किने श्रृङ्खलाको अन्त्य गर्न वहाँले जोड दिनुभयो । आफ्नो जग्गा बाँझो राखेर बजारबाट सब्जी खरिद गर्दा गर्व होइन लज्जाबोध हुने वहाँको भनाई थियो । हरेक वर्ष जति बजेट छ त्यति नै व्यापार घाटा भएको प्रसङ्ग उल्लेख गर्दै वहाँले यसको न्यूनीकरणका लागि पनि यो मुलुक आत्मनिर्भर बन्न जरुरी रहेको चर्चा गरे ।

यसको सुरुवात नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले गरेकोमा खुलेरै प्रशंसा गर्दै वहाँले यो संस्थाबाट राज्यले समेत धेरै कुरा सापटी लिएको बताउनुभयो । अब हामी सधँै जे कुरामा पनि परनिर्भर बन्ने हो भने न यो मुलुकको विकास हुन्छ, न नेपालीको जीवनस्तर नै माथि उठ्छ , नत राष्ट्रियता नै सुदृढ गर्न सक्छाँै’–वहाँले भन्नुभयो । हरेक नागरिक स्वस्थ रहन पनि शुद्ध, स्वच्छ, सफा खानेकुरा खानुपर्छ यसकारण म झापा आए लगत्तै एनएमसीका उत्पादन उपभोग गर्छु’– वहाँले भन्नुभयो–‘किनकि यो सहकारीले सञ्चालन गरेको छ, यसमा बिचमा बिचौलियाको खेलबाड हुँदैन शुद्ध , स्वच्छ र सफा छ’ । वहाँले एनएमसीका उत्पादन खानुपर्ने कारण खुलाउनुभयो ।

‘यसो गरियो भने न कसैलाई रोग लाग्छ न वर्षेनी उपचारमा खर्च नै हुन्छ’ वहाँको भनाई थियो । हरेक नागरिकले समग्र मुलुकको चुनौती थाँती राखेर आफ्नै घरायशी, कृषिलगायत अन्य व्यवसायको बारेमा चिन्तन गर्न वहाँले सुझाव दिनुभयो । एनएमसीले देशको आर्थिक समृद्धिका लागि गरेको योगदान अन्य सहकारीका लागि पनि उदारहणिय हुने वहाँको भनाई थियो । सहकारी सम्बन्धी जारी हुन लागेको नयाँ ऐनमा यो संस्थाले दश वर्षअघिदेखि अभ्यास गरिरहेको धेरै कुरा समेटिएको वहाँले प्रष्ट पार्नुभयो । संस्थाका हरेक सदस्यहरुलाई अहिले जसरी एकताबद्ध रुपमा अघि बढेर संस्था, सदस्यलगायतको हितका लागि एकजुट छ त्यो एकता नटुटाउन र खण्डिकृत हुन् नदिन समेत आग्रह गर्नुभयो । वहाँले सहकारीमा प्रतिफल भन्दा पनि हरेक सदस्यले आफ्नो उपस्थिति खोज्नुपर्ने बताउनुभयो । संस्थाद्वारा सञ्चालित एनएमसी डेरी उद्योगका प्रबन्ध निर्देशक श्याम मिश्रले झापालाई धानका लागि मात्र होइन दुधका लागि सुपरजोन क्षेत्रका रुपमा घोषणा गर्न सरकारसँग जोडदार माग गर्नुभयो ।

प्रमुख अतिथि सञ्जेलले रुद्राक्षको बिरुवामा पानी हालेर विधिवत उद्घाटन गरेको कार्यव्रmममा संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले कार्यक्रमको सभापतित्व गर्दै सञ्चालक समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । जन्मदेखि मृत्युसम्म नेपाल बहुउद्देश्यीय सहकारी संस्था एनएमसी भन्ने कुरालाई सार्थक बनाउन संस्थाले सदस्य दम्पत्तिबाट जन्मिएका नवजात शिशुलाई नगद र खुत्रुके उपहार, सुत्केरी सदस्यलाई पोषण सामाग्री (घिउ १ केजी) उपहार र सदस्यको निधनमा परिवारलाई २५ हजार राहत उपलव्ध गराउने नयाँ नीति ल्याएको उप्रेतीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

वासलात ५ अर्ब माथि, निक्षेप ३ अर्ब ७८ करोड, कर्जा लगानी ४अर्ब ३६ करोड, विभिन्न कोषमा जम्मा ३४ करोड ३८ लाख ६० हजार ८ सय ३८, सञ्चालन मुनाफा १६ करोड ८७ लाख, सम्भावित नोक्सानी व्यवस्था पछिको खुद नाफा १४ करोड ३० लाख ५५ हजार २ सय ६९ रुपैयाँ र आयकर २ करोड ९१ लख ९७ हजार ६ सय २६ रुपैयाँसहित जम्मा कर भुक्तानी ४ करोड ४० लाख रुपैयाँ गरिएको प्रतिवेदनमा उल्लेख छ । २०७४ असार मसान्तसम्म संस्थामा सदस्य संख्या ४२ हजार ९२ जना रहेको र महिला सदस्य सङ्ख्या ५१ प्रतिशतलगायत संस्थाको विगत, वर्तमान र भावी योजनाका बारेमा प्रतिवेदनमा भएका कुरा प्रस्तुत गरेका थिए । कार्यव्रmममा बोल्ने अधिकांश वक्ताहरुले अब राजनीतिक व्रmान्ति नभई आर्थिक व्रmान्ति गर्नुपर्ने बताएका थिए । यो मुलुकका प्रत्येक सहकारीले यो मुलुकको आर्थिक समृद्धिको लागि खेलेको अतुलनीय भूमिकाप्रति राज्य बेखबर हुन नहुने वहाँहरुको भनाई थियो । वक्ताहरुले सहकारी भन्दा राज्य एक कदम पछि रहेको टिप्पणी गरेका थिए । एनएमसीले अहिले निक्कै जोखिम मोलेर उत्पादनका क्षेत्रमा हात हालेको भन्दैँ सहभागीहरुले आर्थिक लगायत धेरै कुराले व्यवस्थित यो संस्था कहिकतै कुनै दुर्घटनामा परे अन्य सहकारीले समेत नोक्सान व्यहोर्नुपर्ने बताए । यो संस्थाले सहकारीका माध्यमबाट यो मुलुकका लागि निक्कै ठूलो योगदान पु¥याएको भन्दैँ यसबाट अन्य सहकारीले धेरै कुरा सिक्न बाँकी रहेको वहाँहरुको भनाई थियो ।
उद्घाटन समारोहमा जिल्ला सहकारी सङ्घ झापाका अध्यक्ष गणेश ढकाल, पूर्व अध्यक्ष हरिचरण बानियाँ, जिल्ला बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष घनश्याम अधिकारी, जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेल, मेचीनगर नगरपालिकाका नगरप्रमुख विमल आचार्य उपप्रमुख मिना उप्रेती, नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकाललगायतले बोल्नुभएको थियो ।
सञ्चालक सदस्यद्वय भगवती घिमिरे र डम्बरबहादुर बस्नेतले संयुक्त रुपमा सञ्चालन गरेको कार्यव्रmममा सहभागीलाई स्वागत सञ्चालक सदस्य श्रीप्रसाद मैनालीले गर्नुभएको थियो ।

This Post Has 0 Comments

Leave a Reply

Back To Top