skip to Main Content
सम्पर्क: +977-23-563188 / 562847 (प्रधान कार्यालय) Check Mail Career Download Contact us

एनएमसीको २६ औँ कार्यालय बुट्टाबारीमा

अर्जुनधारा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनमएसी)को बुट्टाबारी सम्पर्क कार्यालय उद्घाटन भएकोछ । एनएमसीको २६ औँ कार्यालयको रुपमा बुट्टाबारीमा कार्यालय उद्घाटन भएको हो । सम्पर्क कार्यालयको रिबन काटेर उद्घाटन अर्जुनधारा नगरपालिका प्रमुख हरि कुमार रानाले गरेका थिए ।

नेपालमा एनएमसीले समुदायको अभियानमा मार्गदर्शकको भूमिका निर्वाह गरेको आफूले पाएको बताउँदै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रानाले अर्जुनधारा नगर क्षेत्रमा खाद्यपदार्थमा विष नियन्त्रण गरी अग्र्यानिक उत्पादनतर्फ प्रवेश गरिने बताए । उनले समुदायमा सामाजिक सद्भाव, महिला हिंसा नियन्त्रण र बालमैत्री वातावरण बनाउन प्रतिबद्ध रहेको बताए ।

संस्थाको संक्षिप्त परिचय तथा वर्तमान अवस्थाको बारेमा एनएमसी संञ्चालक समितिका उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले जानकारी दिएका थिए । उप्रेतीले भने–‘संस्थाको बैङ्किङ कारोबारसँगै अब बहुव्यवसायमा प्रवेश गरिसकेको स्पष्ट पार्दै डेरी उद्योगपछि नमूना कृषि परियोजनामा हात हालेको जानकारी दिए ।

बिर्तामोड कार्यालयगत समितिका अध्यक्ष हरिप्रसाद आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा अर्जुनधारा–११ का वडा अध्यक्ष भैरव खड्का, समाजसेवी तेजबहादुर कन्दङ्वाले बोलेका थिए । मेदिनी न्यौपानेको स्वागत रहेको कार्यक्रम संञ्चालन बिर्तामोड कार्यालयका प्रमुख भूपाल गौतमले गरेका थिए ।

This Post Has 0 Comments

Leave a Reply

Back To Top