skip to Main Content
सम्पर्क: +977-23-563188 / 562847 (प्रधान कार्यालय) Check Mail Career Download Contact us

एनएमसीको ३५ औँ कार्यालय गौरीगञ्जमा

गौरीगञ्ज । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) को सम्पर्क कार्यालयको रूपमा ३५ औँ शाखा गौरीगञ्जमा स्थापना भएको छ । गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले मंगलबार उक्त सम्पर्क कार्यालयको रिबन काटेर विधिवत उद्घाटन गरेका थिए ।
सोही अवसरमा नेपाल बहुउद्देश्यीय सहकारी र गौरीगञ्जको सुनगंंगा बचत तथा ऋण सहकारी संस्था बीच एकीकरण पनि सम्पन्न भएको छ ।
सुनगंगा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नारायण अधिकारीको सभापतित्वमा भएको सम्पर्क कार्यालय उद्घाटन र एकीकरण घोषणा समारोहमा एनएमसीका तर्फबाट एनएमसीका अध्यक्ष रामचन्द्र उप्रेती र सुनगंगा सहकारीका अध्यक्ष नारायण अधिकारीले सम्झौता पत्र अदान प्रदान गरी एकीकरणको घोषणा गरेका थिए ।
एकीकरणका लागि सुनगंगा सहकारीका अध्यक्ष सहित ८ जना पदाधिकारी र एनएमसीका अध्यक्षसहित ६ जना पदाधिकारीहरूको उपस्थितिमा फागुन २७ गते सहमति भएपछि एकीकरण प्रक्रिया अघि बढेको थियो ।
‘असल संस्कार र समृद्धिका लागि एनएमसी’ भन्ने रजत वर्षको उपलक्ष्यमा तय भएको मूल नारालाई सार्थक बनाउन लागेको एनएमसीको २०७५ साल माघ महिनासम्म ६० हजार सदस्य आवद्व भएको एनएमसीका अध्यक्ष रामचन्द्र उप्रेतीले बताए । उनका अनुसार एनएमसीको ६ अर्बभन्दा बढी सम्पत्ति भएको यस संस्थाले एनएमसी डेरी उधोग मार्फत दूध, दही, घिऊ, आइसक्रिम, योगर्ट, पनिर, मोही र स्विट्स उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ ।
गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष तथा कार्यक्रमका विशेष अतिथि दिपेन्द्र थापा, शिक्षक संंघ गौरीगञ्जका अध्यक्ष गोपाल ताजपुरिया, जनसेवा सहकारीका अध्यक्ष कर्मा शेर्पा, गौरीगञ्ज पूर्व क्याम्पस प्रमुख केदार रिमाल, प्राइम बैैंकका गौरीगञ्ज प्रमुख शरद काफ्ले, वडा नं ३ का अध्यक्ष मखना महतो, बाल कल्याणका प्रधानाध्यापक भीम कोइराला लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा शिक्षक संघ गौरीगंजका अध्यक्ष गोपाल ताजपुरियाले एनएमसीको २५ हजार रूपैयाँको सेयर कित्ता खरिद गर्ने घोषणा गरेका थिए भने शिक्षक बुलेन्द्र राजवंशीले १० हजार रूपैयाँको सेयर खरिद गर्ने घोषणा गरेका थिए । सो अवसरमा ५० जनाभन्दा बढी एनएमसीको सदस्य बनेका थिए । कार्यक्रमको सञ्चालन अर्जुन लुईटेलले गरेका थिए ।

This Post Has 0 Comments

Leave a Reply

Back To Top