skip to Main Content
सम्पर्क: +977-23-563188 / 562847 (प्रधान कार्यालय) Check Mail Career Download Contact us

एनएमसी धुलाबारीलाई हाजिरीजवाफको उपाधि

बिर्तामोड । एनएमसी अन्तर कार्यालय हाजिरीजवाफको उपाधि यसपटक एनएमसी धुलाबारी कार्यालयले जितेको छ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी)को विषयगत समिति एनएमसी अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा पुस २२ गते शनिबार सम्पन्न हाजिरीजवाफको उपाधि धुलाबारी कार्यालयले जितेको हो ।

बिर्तामोडस्थित आदर्श ब्याङ्क्वेटमा सम्पन्न हाजिरीजवाफमा एनएमसी शनिश्चरे कार्यालय दोस्रो र एनएमसी चारआली कार्यालय तेस्रो भए । उपाधि जित्ने धुलाबारी कार्यालयसँगै दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने कार्यालयलाई फागुन २४ गते हुने संस्थाको २५औँ वार्षिकोत्सवमा नगदसहित सम्मान गरिनेछ ।

बिर्तामोड नगरपालिकाका नगर प्रमुख धु्रवकुमार सिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेती, एनएमसी डेरीका प्रबन्ध निर्देशक श्यामकुमार मिश्रलगायतले बोल्नुभएको थियो । कार्यव्रmममा बोल्दै प्रमुख अतिथि सिवाकोटीले एनएमसीले विषादीरहित सागसब्जीको उत्पादनका निम्ति सुरु गर्न लागेको कृषि परियोजनाको मुक्तकण्ठले प्रशंसा गर्नुभएको थियो । साथै वहाँले संस्थामा १० लाख रुपियाँको सेयर खरीद गरी सदस्य बन्नुभएको थियो । कार्यव्रmममा उक्त चेक संस्थाका वरिष्ठ प्रबन्धक सूर्यप्रसाद मैनालीले ग्रहण गर्नुभएको थियो । एनएमसी अतिरिक्त क्रियाकलाप समिति संयोजक माधव प्याकुरेलको सभापतित्वमा सम्पन्न कार्यव्रmमको सञ्चालन सदस्य गोपाल प्याकुरेल र सदस्य सचिव हरिभक्त बरालले गर्नुभएको थियो ।

This Post Has 0 Comments

Leave a Reply

Back To Top