skip to Main Content
सम्पर्क: +977-23-563188 / 562847 (प्रधान कार्यालय) Check Mail Career Download Contact us

एनएमसी सुपर सिक्सको उपाधि आबसलाई

काँकरभिट्टा । झापा जिल्लास्तरीय अन्तर सहकारी सुपर सिक्स क्रिकेट प्रतियोगिताको सातौँ संस्करणको उपाधि आधुनिक बचत तथा ऋण सहकारी संस्था (आबस) मेचीनगरले जितेको छ । काँकरभिट्टा माविको खेल मैदानमा सम्पन्न प्रतियोगिताको फाइनलमा भानु बहुमुखी सहकारी संस्था धुलाबारीलाई पराजित गर्दै आधुनिकले नगद १५ हजार रुपैयाँसहित ट्रफी र प्रमाण पत्र प्राप्त गरेको थियो । उपविजेता बनेको भानुले नगद १० हजार रुपैयाँ ट्रफी र प्रमाण पत्र प्राप्तमा चित्त बुझायो ।

निर्धारित ५ ओभरको खेलमा टस जितेर ब्याटिङमा उत्रिएको भानु बहुमुखी ३८ रनमा समेटिएको थियो । ३९ रनको विजय लक्ष्य लिएर मैदान प्रवेश गरेको आधुनिकले ४ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो । पराजित भानुका रविन बस्तेतले उत्कृष्ट बलर, भानुकै अभिशेक पुरी उत्कृष्ट व्याट्सम्यान र सर्वाेत्कृष्ट खेलाडी घोषित भए ।

प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई कार्यक्रमका प्रमुख अतिथि सांसद श्रीप्रसाद मैनालीले पुरस्कार प्रदान गरेका थिए । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको एनएमसी खेलुकद समितिले आयोजना गरेको प्रतियोगितामा जिल्लाका १२ वटा सहकारी संस्थाले सहभागिता जनाएको एनएमसी खेलुकद समितिका सदस्य सचिव नवीन भण्डारीले जानकारी दिए । मेचीनगर वडा नम्बर ६ का वडाअध्यक्ष ललित तामाङले बोलेका थिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले स्वागत गरेका थिए । सञ्चालक सदस्य ठाकुरप्रसाद शिवाकोटी एनएमसी खेलुकद समितिका सदस्य इन्द्रप्रसाद खरेललगायतले विभिन्न विधाका खेलाडीलाई पुरस्कार प्रदान गरेका थिए ।

This Post Has 0 Comments

Leave a Reply

Back To Top