skip to Main Content
सम्पर्क: +977-23-563188 / 562847 (प्रधान कार्यालय) Check Mail Career Download Contact us

एनएमसी हाजिरीजवाफको उपाधि वीरेन्द्र माविलाई

भद्रपुर । एनएमसी क्षेत्र नं. ३ स्तरीय अन्तर मावि हाजिरीजवाफको उपाधि भद्रपुर–७ स्थित वीरेन्द्र माविले जितेको छ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी) अन्तर्गतको विषयगत समिति अतिरिक्त क्रियाकलाप तथा सामुदायिक सरोकार समितिद्वारा आयोजित हाजिरीजवाफमा ८ वटा अन्य माविलाई पछि पार्दै वीरेन्द्र माविले सो उपाधि हात पारेको हो ।

शुक्रबार भद्रपुरमा सम्पन्न प्रतियोतिामा कचनकवल–६ को लक्ष्मी मावि दोस्रो र भद्रपुर–२ को सगरमाथा मावि तेस्रो भए । त्यसैगरी कचनकवल–२ स्थित लक्ष्मीप्रसाद देवकोटा माविले सान्तवना स्थान हासिल गरेको थियो । विजेताहरुलाई प्रमुख अतिथि समेत रहेका भद्रपुर नगरपालिकाका नगर प्रमुख जीवनकुमार श्रेष्ठ, संस्थााका अध्यक्ष रामचन्द्र उप्रेती, भद्रपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष बन्धु कार्की, नगर शिक्षा प्रमुख ज्ञानबहादुर पौडेल, स्रोत व्यक्ति प्रेम भुजेल, संस्थाका सञ्चालक समिति सदस्य शुभलक्ष्मी राईलगायतले नगदसहित प्रमाण पत्रबाट सम्मानित गरेका थिए । समितिका संयोजक माधवचन्द्र प्याकुरेलको सभापतित्वमा सम्पन्न कार्यव्रmमको सञ्चालन सदस्यद्वय सावित्रा दाहाल भट्टराई र कृष्णप्रसाद भट्टराईले गरेका थिए ।

विश्व मुस्कान दिवसमा दाँत सम्बन्धी सचेतना कार्यक्रम

त्यसैगरी विश्व मुस्कान दिवसको अवसर पारेर एनएमसीले एकदिने दाँत सम्बन्धी सचेतना कार्यव्रmम सम्पन्न गरेको छ । शुव्रmबार मेचीनगर–९, खुट्टीडाँगीस्थित संस्थाको सम्पर्क कार्यालयको सभाहलमा सम्पन्न कार्यव्रmममा मेची अञ्चल अस्पतालका दाँत सम्बन्धी विशेषज्ञ डा. सुसान्तकुमार स्वतन्त्रले दाँतमा आउन सक्ने खराबी र यसबाट बच्न तथा सदैव मीठो मुस्कानका लागि दाँतको महत्त्वबारे सहजीकरण गरेका थिए । संस्था अन्तर्गतको विषयगत समिति स्वास्थ्य समितिको आयोजनामा सम्पन्न स्वास्थ्य शिक्षा कार्यव्रmम समितिका संयोजक दिलिप सुवेदीको सभापतित्वमा सम्पन्न भएको थियो । समितिका सञ्चालक इञ्चार्ज केशवप्रसाद पोखरेल, सदस्य रमेश भण्डारी, एनएमसी धुलाबारी कार्यालयगत समिति सदस्य पवित्रा न्यौपानेलगायतको उपस्थिति रहेको कार्यव्रmमको सञ्चालन समितिका सदस्य सचिव जीवनमणि कटुवालले गरेका थिए ।

This Post Has 0 Comments

Leave a Reply

Back To Top