skip to Main Content
सम्पर्क: +977-23-563188 / 562847 (प्रधान कार्यालय) Check Mail Career Download Contact us

कर्पाेरेट व्यवस्थापन समूहको विस्तारित बैठक सम्पन्न

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तर्गत कर्पाेरेट व्यवस्थापन समूहको आ.व. २०७७।०७८ को पहिलो विस्तारित बैठक सम्पन्न भएको छ । शुक्रबार एनएमसी बिर्तामोड कार्यालयको सभाहलमा सम्पन्न कार्यक्रममा संस्थाका समिति पदाधिकारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

संस्था अन्तर्गत सञ्चालित व्यवसायहरू बैंकिङ, डेरी, कृषि फर्म, सहकारी पसल तथा चिया व्यवसायसँग सम्बन्धी छलफललाई कार्यक्रमको मुख्य विषयवस्तु बनाइएको थियो । कार्यक्रममा संस्थाद्वारा सञ्चालित विभिन्न व्यवसायका प्रशासनिक प्रमुखले आआफ्ना व्यवसाय अन्तर्गतका विषयलाई बैठक सामू प्रस्तुत गरेका थिए । बैंकिङ व्यवसाय अन्तर्गत ४० वटै कार्यालयका कार्यालय प्रमुखले आफ्नो कार्यालय मातहतमा रहेका चुनौति तथा अवसर बारे बोलेका थिए । कर्पाेरेट कार्यालय तथा प्रधान कार्यालय मातहतमा रहेका आन्तरिक लेखा परीक्षण विभाग, कर्जा विभाग तथा लेखा विभागका तर्फबाट विभागीय प्रमुखहरूले प्रस्तुति राखेका थिए ।
कार्यक्रमको दोस्रो सत्रमा संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले उत्प्रेरणात्मक भनाई राख्नुभएको थियो । मेनेजर र लिडर बीचको सामञ्जस्यताका बारेमा अध्यक्षले बोल्नुभएको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले संस्थाले तय गरेको ‘असल संस्कार र समृद्धिका लागि एनएमसी’को नारामा केन्द्रित विषयमाथि सहजीकरण गर्नुभएको थियो ।
कर्पाेरेट व्यवस्थापन समूहका संयोजक लक्ष्मीप्रसाद उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यव्रmमको समापनमा बोल्दै वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद कोइरालाले एनएमसीलाई उचाइँमा पु¥याउन सहयोग गर्नुहुने सम्पूर्ण कर्मचारीको प्रशंसा गर्दै आगामी दिनमा अझ् सशक्त ढंगले लाग्न सबैलाई आह्वान गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सामुदायिक विभाग प्रमुख अरुणकुमार प्रधानले गर्नुभएको थियो भने कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै समूहका सदस्य सचिव चेतन शर्मा पौडेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो ।

This Post Has 0 Comments

Leave a Reply

Back To Top