skip to Main Content
सम्पर्क: +977-23-563188 / 562847 (प्रधान कार्यालय) Check Mail Career Download Contact us

कर्मचारीलाई आइटी तालिम

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, झापा (एनएमसी) अन्तर्गत आइटी विभागको आयोजनामा तिनदिने आधारभूत कम्प्युटर तालिम सम्पन्न भएको छ ।

एनएमसी बिर्तामोड कार्यालयको हलमा सञ्चालित तालिममा संस्था अन्तर्गतका १५ वटा सेवा केन्द्रका १६ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । प्रधान कार्यालय अन्तर्गतको आइटी विभागको संयोजनमा सम्पन्न तालिमले कर्मचारीवर्गमा कम्प्युटर सम्बन्धी आधारभूत जानकारीका साथै संस्थामा प्रविधिको पहुँच र विस्तारबारे सहजीकरण गरिएको थियो ।

कात्तिक ९ गतेदेखि ११ गतेसम्म सञ्चालन भएको तालिममा संस्थाका आइटी विभाग प्रमुख लीलाराज कुँवर, दर्पण डेस्कका हेमन्त निरौला र आइटी सहायक गोपीकृष्ण सुवेदीले प्राविधिक रुपमा सहजीकरण गर्नुभएको थियो । तालिम कार्यव्रmमलाई संस्थाका प्रशासन विभाग प्रमुख चेतन शर्मा पौडेलले संयोजन गर्नुभएको थियो । तालिम उद्घाटन सत्रमा कार्यव्रmमको सञ्चालन तथा स्वागत मन्तव्य चेतन शर्मा पौडेलले राख्नुभएको थियो भने कार्यव्रmमको आवश्यकता तथा औचित्यमाथि लीलाराज कुँवरले प्रकाश पार्नुभएको थियो । तालिममा प्रशिक्षार्थीलाई कम्प्युटर, प्रिन्टर, प्रोजेक्टरलगायतका बारेमा हार्डवेयर तथा सफ्टवेयरका विषयमा प्रशिक्षण दिइएको थियो भने नेटवर्किङ तथा अन्य प्राविधिक विषयमा पनि कर्मचारीबिच सहजीकरण गरिएको थियो ।

तिन दिन चलेको तालिमको समापनका अवसरमा प्रमुख अतिथिका रुपमा आसन ग्रहण गर्दै संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले सीप र संस्कारले मात्र मानिसमा पूर्णता दिलाउने बताउँदै संस्थाले थालेको यसप्रकारको प्राविधिक तालिमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । समापन अवसरमा प्रशिक्षार्थीहरुले तालिमका विषयमा प्रतिव्रिmया दिँदै उपलब्धीमूलक रहेको यस्तो तालिमको निरन्तरताको माग गर्नु भएको थियो । तालिममा सहभागी प्रशिक्षार्थीलाई उपाध्यक्ष उप्रेती तथा एनएमसी डेरी उद्योगका प्रबन्ध निर्देशक श्यामकुमार मिश्रले प्रमाण पत्र वितरण गर्नुभएको थियो ।

This Post Has 0 Comments

Leave a Reply

Back To Top