कर्मचारीस्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधि शिवसताक्षीलाई
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. झापाको वित्तीय साक्षरता समितिको आयोजनामा विर्तामोड क्षेत्रीय कार्यालयमा कर्मचारीस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
सहकारी तथा संस्थाको विषयमा विगतदेखि हालसम्मका समसायिक विषयको जानकारी गराउने उद्देश्यले आयोजना गरिएको थियो ।
कर्मचारीस्तरीय हाजिरीजवाफ प्रतियोगितामा संस्था अन्तर्गतको ६ वटा क्षेत्रीय कार्यालय साथै कर्पोरेट तथा प्रधान कार्यालयसहित जम्मा ७ वटाको सहभागिता रहेको थियो । संस्थाको सम्पूर्ण कर्मचारीहरुलाई समेटी ३ चरणमा छनौट कार्यक्रम सम्पन्न गरिएको थियो ।
उक्त ७ वटा समूह मध्ये प्रतियोगितामा शिवसताक्षी क्षेत्रीय कार्यालय प्रथम, अर्जुनधारा क्षेत्रीय कार्यालय दोश्रो तथा मेचीनगर क्षेत्रीय कार्यालय तेश्रो स्थान भएको थियो । उक्त प्रथम, दोश्रो तथा तेश्रो हुने टोलीलाई क्रमशः नगद ८ हजार, ६ हजार र ४ हजारसहित प्रमाणपत्र वितरण गरिएको थियो ।
उक्त कार्यक्रममा संस्थाको उपाध्यक्ष भगवती घिमिरे मैनाली, सञ्चालक सदस्य सीताकुमारी श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीको उपस्थिति रहेको थियो ।
विर्तामोड कार्यालयगत समितिको संयोजक शान्ता रोकाले स्वागत मन्तव्य तथा वित्तीय साक्षरता समितिको सदस्य कमलप्रसाद पाठकले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो ।
उक्त कार्यक्रमको अध्यक्षता वित्तीय साक्षरता समितिको संयोजक गोपाल प्याकुरेल रहनुभएको थियो भने कार्यक्रम सञ्चालन सदस्य सचिव अरुणकुमार प्रधानले गर्नु भएको थियो ।