skip to Main Content
सम्पर्क: +977-23-563188 / 562847 (प्रधान कार्यालय) Check Mail Career Download Contact us

गोलधापमा सरसफाइ सचेतना अभियान

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी) झापाको सरसफाई अभियानले निरन्तरता पाइरहेको छ । घर, टोल, बजार अनि आफू वरिपरीका वातावरण सफा राख्ने यो सचेतना अभियानमा सदस्यहरुको सव्रिmयता उल्लेख्य भएको पाउन सकिन्छ ।

यसै अभियानलाई एनएमसी गोलधाप कार्यालयले पनि निरन्तरता दिइरहेको छ । गोलधाप कार्यालयले अनुगमन तथा सचेतना कार्यव्रmमलाई सातौँ संस्करणसम्म सम्पन्न गरिसकेको छ । मिति २०७४ भदौ ३१ गते शनिबार बिहान ७ देखि ९ बजेसम्म समिति, कर्मचारी, अनुगमन समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिमा अभियान सञ्चालन गरिएको थियो । सरसफाइलाई अनुगमन अनि सरसफाइ सम्बन्धी सचेतनामूलक कार्यव्रmमलाई गोलधाप कार्यालयको एकाइ नम्बर १ अन्गर्तत हल्दिबारी गाउँपालिको वडा नं. २ गोलधाप बजार क्षेत्रभित्र संस्थाले तोकेको सरसफाइ अभियान क्षेत्रमा अनुगमन तथा सचेतनामूलक कार्यव्रmम सम्पन्न गरिएको थियो । सरसफाई अभियान कार्यव्रmममा कार्यालयगत समिति सदस्य, एकाइ समिति सदस्य, कर्मचारी, सुरक्षाकर्मी, सदस्यलगायत ८० जनाभन्दा बढीको सहभागिता रहेको थियो । स्थानीय आमा समूह, महिला समूह तथा प्रगतिशिल युवा परिवारको सव्रिmय सहभागितामा कार्यव्रmम सम्पन्न भएको थियो ।

This Post Has 0 Comments

Leave a Reply

Back To Top