skip to Main Content
सम्पर्क: +977-23-563188 / 562847 (प्रधान कार्यालय) Check Mail Career Download Contact us

घरदैलोमै एनएमसीको स्वास्थ्य सेवा

घरदैलोमै सेवा पुर्याउने उद्देश्यले नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)ले २३ चैतमा विशेषज्ञ शिविर सम्पन्न गरेको छ । संस्थाको विभागीय एनएमसी स्वास्थ्य समितिको आयोजना तथा एनएमसी बुधबारे कार्यालयको स्थानीय व्यवस्थापनमा बालरोग तथा पोषण सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।

शिविरमा आर्थिक अभावका कारण रोग पालेर बस्न बाँध्य सर्वसाधराणले सेवा लिइएका थिए । सो शिविरबाट बुधबारे, शनिश्चरे, खुदुनावारी, धाइजनलगाययका २ सय जनाभन्दा बढी लाभावन्तित भएका थिए । घरदैलोमै सरकारले प्रदान गर्ने निःशुल्क स्वास्थ्य पाएपछि स्थानीयवासीको अनुहारमा खुशी झल्किन्थियो । कुपोषण्का कारण घरमै थलिएका आफ्नो ७ वर्षीय छोराको उपचार घरमै पाउँदा बुद्ध शान्तिस्थित शान्तिनगरकी बुधमाया लिम्बु औधि खुशी देखिन्थिन । ‘जे होस डाक्टरहरुले सित्तैमा छोरो जाची दिनुभयो ’ लिम्बुले भनिन् अब पोषणयुक्त खानेकुरा खुवाउने सल्लाह दिनुभयो, औषधि समेत सित्तैमा पाए । ’

 बुद्ध शान्तिस्थित आदर्श मावि जयपुरमा सम्पन्न शिविरमा २ सय ५० भन्दा बढीले सेवा लिएका थिए । शिविरमा मेची अञ्चल अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर टंक प्रसाद बाराकोटी, डाक्टर राजेश मिश्र, डाक्टर मनिषा सुवेदी, मेची अञ्चल अस्पताल पोषण विभागका प्रबन्धक गंगा लिम्बु, तेजमाया गुरुङलगायतले सेवा उपलब्ध गराएका थिए । शिविरमा एसियन फर्माक्युटिकल्स, एनएमएसआरए मेची युनिटलगायतले निःशुल्क औषधी वितरण गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि डा बाराकोटी, एनएमसीका सञ्चालक समिति सदस्य डम्बर बहादुर बस्नेत, एनएमसी स्वास्थ्य समिति संयोजक दिलिप सुवेदीलगायतले बोलेका थिए । एनएमसी बुधबारे कार्यालयगत समिति सदस्य कमलप्रसाद उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा एनएमसी बुधबारे कार्यालयका कार्यालय प्रमुख दिवस खतिवडाले स्वागत तथा सञ्चालन एनएमसी स्वास्थ्य समितिका सदस्य सचिव चेतन शर्मा पौडेलले गरेका थिए ।

This Post Has 0 Comments

Leave a Reply

Back To Top