skip to Main Content
सम्पर्क: +977-23-563188 / 562847 (प्रधान कार्यालय) Check Mail Career Download Contact us

जनप्रतिनिधिलाई एनएमसीको सम्मान

मेचीनगर नगरपालिकाका नगरप्रमुख बिमल आचार्यले नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय क्षेत्रमा कमाएको ख्याती नगरकै एउटा गहना भएको बताएका छन् ।

सोमबार संस्थाले मेचीनगरस्थित इँटाभट्टामा आयोजना गरेको जनप्रतिनिधिहरुको सम्मान, स्वागत तथा संस्था परिचयात्मक कार्यव्रmममा बोल्दैँ उनले यस्तो बताएका हुन् । देशमा सहकारी संस्था संख्यात्मक रुपमा धेरै भए पनि गुणात्मक रुपमा थोरै भएको बताउँदै प्रमुख आचार्यले त्यो मध्ये नेपाल बहुउद्देश्यीय सहकारी संस्था नमुनाका रुपमा भन्दैं खुलेरै प्रशंसा गरे ।

सबैले सकारात्मक कामको सिको सिक्नु पर्नेमा जोड दिदैँ प्रमुख आचार्यले नगरपालिकाले यस संस्थाबाट धेरै कुरा सिक्न बाँकी रहेको आवश्यकता औँल्याए । उनले धेरै सहकारी व्यक्तिगत स्वार्थका लागि सञ्चालन भइरहेको भन्दैँ यो संस्थाले सहकारिताका माध्यमबाट सामाजिक क्षेत्रमा धेरै राम्रा राम्रा काम गरिरहेको बताए । बाहिरबाट यो संस्थालाई जे जसरी आफूले बुझे पनि आज प्रत्यक्ष रुपमा भित्रै पसेर बुझ्ने अवसर मिलेको र नगरपालिका यो संस्थासँग हरेक काममा सहकार्य गर्न तयार रहेको उनले बताए ।
संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले कार्यव्रmमको सभापतित्व गर्दै मेचीनगर नगरपालिकाका निर्वाचित जनप्रतिनिधि तथा कार्यपालिका सदस्यहरुलाई दोसल्ला पूmलका गुच्छा प्रदान गर्दै प्रतिनिधिमूलक रुपमा सम्मान गरेका थिए । सम्मान तथा स्वागत कार्यव्रmममा समयप्रति सधैँ ख्याल गर्न आग्रह गर्दै संस्थाले घडी तथा संस्थाद्वारा सञ्चालित एनएमसी डेरी उद्योगबाट उत्पादन भएका परिकारसमेत प्रदान गरेको थियो ।

 

अध्यक्ष उप्रेतीले कार्यव्रmममा प्रोजेक्टरको माध्यमबाट संस्थाको विगत, वर्तमान र भविष्यका बारेमा संस्थाको आर्थिक, वित्तीय, व्यवस्थापकीय संरचनाका बारेमा तथा संस्थाद्वारा सञ्चालित एनएमसी डेरी उद्योगका प्रबन्ध निर्देशक श्याम मिश्रले डेरीका बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए । नगर उपप्रमुख मिना उप्रेती, संस्था सञ्चालक सदस्य नारायणप्रसाद कोइरालालगयातले बोलेको कार्यव्रmमको सञ्चालन उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले गरेका थिए । कार्यव्रmममा नगरपालिका र संस्थाबीचको सम्बन्धलाई अझ समधुर बनाउनका लागि नगरपालिकामा अधिकृत स्तरका कर्मचारीहरुलाई समेत आमन्त्रण गरिएको थियो ।

This Post Has 0 Comments

Leave a Reply

Back To Top