skip to Main Content
सम्पर्क: +977-23-563188 / 562847 (प्रधान कार्यालय) Check Mail Career Download Contact us

जिल्लाभर एनएमसीको आँखा शिविर

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको विषयगत समितिको आयोजनामा झापा जिल्लाभर आँखा शिविरको आयोजना भइरहेको छ ।

आँखा शिविरलाई अभियानको रुपमा सञ्चालन गरेको संस्थाले शरणामती, बाहुनडाँगी, राजगढ, शिवगञ्ज र बनियानीमा आँखा शिविर सञ्चालन गरिसकेको छ । यी शिविरहरुमा काँकरभिट्टास्थित मेची नेत्रालय र काँकरभिट्टा आँखा अस्पताल त्यसैगरी बिर्तामोडस्थित दृष्टि आई केयर सेन्टर र बिर्तामोड आँखा अस्पतालले प्राविधिक रुपमा सहयोग गरिरहेका छन् ।

संस्थाले आँखा शिविर अभियान अन्तर्गत सदस्य तथा गैर सदस्यको मोतिबिन्दुको पहिचान गर्दै पूर्ण तथा आंशिक सहुलियतमा मोतिबिन्दुको अपरेसन गरिने लक्ष्य लिइएको छ ।

This Post Has 0 Comments

Leave a Reply

Back To Top