skip to Main Content
सम्पर्क: +977-23-563188 / 562847 (प्रधान कार्यालय) Check Mail Career Download Contact us

ज्येष्ठ नागरिकलाई एनएमसीको सम्मान

विगत वर्ष झँै यस वर्ष पनि नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) ले आफ्ना संस्थाका ४ सय बढी ज्येष्ठ सदस्यलाई सम्मान गरेको छ ।

संस्थाको जिल्लाभरी रहेका १५ वटै कार्यालयबाट एउटै समयमा जनही दुई दुई हजार रुपैयाँका दरले चार सय ३० जना सदस्यलाई कुल आठ लाख ६० हजार रुपैयाँ सम्मान स्वरुप प्रदान गरेको हो  । विजयीदशमी, शुभ दिपावली छठलगायतको अवसर पारेर कार्यव्रmम आयोजना गरिएको हो । कार्यव्रmममा संस्थाले ज्येष्ठ सदस्यसँग शुभकामना आदान प्रदान समेत गरेको छ ।

७० वर्ष उमेर नाघेका, न्यूनतम ३ हजार रुपैयाँ बराबरको सेयर सदस्य बनेका तथा संस्थाको सदस्य बनेको तीनवर्ष अवधि पुरा गरेका सदस्यलाई संस्थाले हरेक वर्ष नगद, अविर टिका तथा फलफूलसहित सम्मान गर्दै आएको छ ।

सम्मानित हुनेहरुमा एनएमसी काँकरभिट्टा कार्यालयबाट ८९, बिर्तामोडबाट २०, चन्द्रगढीबाट २९, सुरुङ्गाबाट ४४, चारआलीबाट ५५, बनियानीबाट २०, बुधबारेबाट ५२, धुलाबारीबाट ८, शनिश्चरेबाट २६, बाहुनडाँगीबाट १७, इँटाभट्टाबाट १०, शरणामतीबाट २६, भद्रपुरबाट १३, दुधेबाट १९ र गोलधाप कार्यालयबाट २ जना रहेका छन् । कार्यक्रममा संस्थाका सञ्चालक समिति अध्यक्ष, उपाध्यक्ष, सदस्यलगायत संस्था अन्तर्गतका विभिन्न विषयगत समितिका सदस्यलगायतको उपस्थिति रहेको थियो । संस्था अन्तर्गत ज्येष्ठ नागरिक सरोकार समितिको संयोजनमा भएको कार्यक्रम सम्बन्धित कार्यालयमा सम्पन्न भएको थियो ।

This Post Has 0 Comments

Leave a Reply

Back To Top