skip to Main Content
सम्पर्क: +977-23-563188 / 562847 (प्रधान कार्यालय) Check Mail Career Download Contact us

‘डिजिटलाइज’ बन्दै ‘एनएमसी को–अप’

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाले  ‘एनएमसी स्मार्ट’ नामको ‘मोवाइल एप्लीकेसन’ प्रयोगमा ल्याएको छ ।

एनएमसीका ६२ हजारभन्दा बढी सदस्यहरुलाई विद्युतीय भुक्तानीका साथै आधारभूत बैंकिङ सुविधा जुनसुकै समयमा देशैभरबाट प्राप्त गर्न मिल्ने विशेषताका साथ ‘एनएमसी स्मार्ट’ कार्यान्वयनमा ल्याइएको अध्यक्ष रामचन्द्र उप्रेतीले जानकारी दिए ।

बिर्तामोडमा आयोजित ‘मोवाइल एप्लीकेसन लञ्चिङ’ तथा अन्तरक्रिया सहितको पत्रकार सम्मेलनमा अध्यक्ष उप्रेतीले भने, ‘यो एप्लीकेशन प्रयोगमा ल्याइएको पहिलो एक वर्ष एनएमसीका सबै सदस्यहरुले निशुल्क सेवा प्राप्त गर्न सक्नुहुनेछ ।’

एनएमसी स्मार्ट मोवाइल एप्लीकेसनमार्फत् विजुलीको बिल भुक्तानी गर्न, खानेपानीको महशुल बुझाउन, इन्टरनेट तथा केवल टिभीको बील बुझाउन, इन्स्योरेन्सको प्रिमियम पनि तिर्न सकिने पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा उल्लेख छ ।

यसैगरी, अब एनएमसीका सदस्यहरुले हवाई टिकट खरिद गर्न तथा टेलिफोन सेवा प्रदायक कम्पनीका टपअफ गर्न र रिचार्ज गर्ने सुविधा एनएमसी स्मार्ट मोवाइल एप्लीकेसनमार्फत् सहजै प्राप्त गर्ने जनाइएको छ ।

संस्थाका सदस्यहरुलाई अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गर्ने कारोबारलाई सहज बनाउन एनएमसी स्मार्टमार्फत् मुलुकका ६६ वटा बैंक तथा वित्तीय संस्थाहरुमा रकम ट्रान्सफर गर्ने सुविधा समावेश गरिएको संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले बताएका छन् ।

इन्टरनेट सेवा पुगेको र नपुगेको दुवै क्षेत्रमा एनएमसी स्मार्ट एप्स सहजै चलाउन मिल्ने गरी इन्टरनेट मोड र म्यासेजिङ मोडको व्यवस्था गरिएको सेवा प्रदायक संस्थाका कपिलमणि ज्ञवालीले जानकारी दिए ।

एनएमसी स्मार्ट मोवाइल एप्लीकेसन लञ्चिङ कार्यक्रममा सहजीकरण गर्दै ज्ञवालीले भने, ‘एनएमसीको वित्तीय कारोबारले अब ‘नेशनल हाइट’ प्राप्त गरेको छ र आजबाट बैंकहरुको सञ्जालमा पसेको छ । यसले लञ्च गरेको एप्लीकेशन राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेडसहित देशभरका ६६ भन्दा बढी बैंक तथा वित्तीय संस्थाकै जस्तो भएको छ ।’

२०५० सालमा स्थापना भई बहुउद्देश्यीय प्रकृतिको सहकारी व्यवसाय सञ्चालन गर्दै आएको एनएमसीको गत फागुन मसान्तको वित्तीय कारोबार ६ अर्ब ९० करोड रुपैयाँभन्दा बढीको रहेको छ ।

संस्थाको शिक्षा तथा तालिम समितिका सदस्य अम्बिकाप्रसाद ढकालले सञ्चालन गर्नुभएको कार्यक्रममा आमन्त्रित पत्रकार, सफ्टवेयर निर्माता कम्पनीका प्रतिनिधिहरु एवम् संस्थाका सदस्य र कर्मचारीहरुलाई उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले शब्द स्वागत गरेका थिए ।

This Post Has 0 Comments

Leave a Reply

Back To Top