दीगो विकास लक्ष्य प्राप्ति सम्बन्धी कार्यक्रम सम्पन्न
संस्थाको नीति निर्माण तहमा रहेका आफ्ना सदस्यहरुमा संयुतm राष्ट्र संघले निर्धारण गरेको दीगो विकास लक्ष्य प्राप्ति सम्बन्धी अवधारणाका बारेमा बुझाउन नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले बिर्तामोड कार्यालयमा अभिमुखिकरण कार्याक्रम सम्पन्न भएको छ ।
डा. नेहाल मयुर (इन्टरनेस्नल डेभलपमेन्ट एक्सपर्ट) को प्रमुख सहजीकरणमा १ दिने दीगो विकास सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरियो । डा. नेहाल मयुरले सहकारीको माध्यमबाट कसरी दीगो विकास लक्ष्य हासिल गर्न सकिन्छ भनि प्रकाश पारेका थिए । नेपालको सहकारी अभियानलाई संविधानले नै अर्थतन्त्रको तीन खम्बा मध्ये एउटा खम्बा स्वीकार गरेको सन्दर्भमा दीगो विकास लक्ष्य प्राप्तिमा यसको योगदान रहनुपर्ने उनको भनाई छ । सो अभिमुखीकरण कार्यक्रममा विशेष मन्तव्य राख्दै संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती दीगो विकास लक्ष्य प्राप्तिका लागि निर्धारित कार्यक्रमहरु सहकारीको माध्यमबाट पुरा गर्न सहयोग पुग्ने भएकोले यस्तो कार्याक्रम राखिएको बताउनुभयो ।
संस्थाको सामाजिक सरोकारसँग सम्बन्धित समिति वित्तीय साक्षरता समितिको संयोजक एकेन्द्र उपे्रतीको अध्यक्षता र समिति सदस्य राजकुमार कट्टेलको स्वागत तथा औचित्यमाथि प्रकाश पार्नुभएको कार्यक्रमको सञ्चालन सदस्य सचिव अरुणकुमार प्रधानले गर्नुभएको थियो ।