skip to Main Content
सम्पर्क: +977-23-563188 / 562847 (प्रधान कार्यालय) Check Mail Career Download Contact us

व्यवस्थापकीय क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

 

नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको शिक्षा तथा तालिम समितिको आयोजनामा १ दिने व्यवस्थापकीय क्षमता अभिवृद्धि कार्यक्रम विर्तामोडस्थित हेवेन वाटर पार्क होटल एण्ड रेष्टुरेन्टमा सम्पन्न भएको छ ।
संस्थाको ४ वटा व्यवसायका प्रशासनिक प्रमुखहरु, प्रधान कार्यालय तथा कर्पोरेट कार्यालयको विभागीय प्रमुखहरु साथै बैकिङ्ग व्यवसायका काार्यलय प्रमुखहरु तालिममा सहभागी रहेको थियो ।
संस्थाको कारोबारहरुलाई व्यवस्थित रुपमा अगाडि बढाउन र व्यवस्थापकहरुको क्षमता अभिवृद्धि गर्न यो कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ । सहकारी र व्यवस्थापकको बिचको दुरीलाई कम गरि कसरी संस्थाको प्रगति र उन्नतिमा अगाडि बढ्न उत्प्रेरणा जगाउने खालको कार्यक्रम समावेश भएको शिक्षा तथा तालिम समिति सदस्य केसी श्रेष्ठले बताउनु भयो ।
राष्ट्रिय सहकारी बैक लि.का प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागाईले मुख्य सहजकर्ताको रुपमा व्यवस्थापकीय क्षमता अभिवृद्धि साथै चार्ट अफ एकाउण्ट सम्बन्धी विषयमा समेत सहजीकरण गर्नुभयो ।
उक्त कार्यक्रममा संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती, वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद कोइराला, उपाध्यक्ष भगवति घिमिरे मैनाली, प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेती र प्रशासनिक प्रमुखहरु, विभागीय प्रमुखहरु साथै कार्यालय प्रमुखहरुको उपस्थिति रहेको थियो ।
शिक्षा तथा तालिम समितिको संयोजक सावित्रा भट्टराई दाहालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कार्यक्रममा स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश संस्थाको प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले गर्नु भएको कार्यक्रमको सञ्चालन शिक्षा तथा तालिम समितिको सदस्य सचिव अरुणकुमार प्रधानले गर्नु भएको थियो ।

This Post Has 0 Comments

Leave a Reply

Back To Top