skip to Main Content
सम्पर्क: +977-23-563188 / 562847 (प्रधान कार्यालय) Check Mail Career Download Contact us

शनिश्चरेमा एनएमसीको आफ्नै भवन उद्घाटन

शनिश्चरे । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) ले शनिश्चरेमा आफ्नै नवनिर्मित भवनबाट सेवा सुरु गरेको छ । २०६९ बैशाख १ गतेबाट शनिश्चरे क्षेत्रलाई आफ्नो नवौँ शाखाको रुपमा सेवा दिन सुरु गरेको एनएमसीले आइतबारदेखि आफ्नै अत्याधुनिक नवनिर्मित भवनबाट सेवा प्रारम्भ गरेको हो ।
नयाँ भवन प्रवेशका क्रममा र्यालीको आयोजना गरिएको थियो । रयालीमा पञ्चकन्या, पञ्चेबाजा, गुरु ब्राह्मण वटुकको स्वस्ती वाचन गर्दै पुरानो कार्यालयबाट नयाँ भवनमा प्रवेश गरिएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती, सञ्चालक समिति सदस्यहरु डम्बरबहादुर बस्नेत, भगवती घिमिरे, संस्थाका वरिष्ठ प्रबन्धक सूर्यप्रसाद मैनाली, संस्था अन्तर्गतका विषयगत समिति, कार्यालयगत समिति, एकाइगत समितिलगायतका पदाधिकारीको उपस्थिति रहेको थियो । एनएमसी शनिश्चरे कार्यालयगत समिति संयोजक धर्मानन्द गुरागाईँको स्वागत रहेको कार्यक्रमको सञ्चालन शनिश्चरे कार्यालयका कार्यालय प्रमुख अरुणकुमार प्रधानले गरेका थिए ।

This Post Has 0 Comments

Leave a Reply

Back To Top