skip to Main Content
सम्पर्क: +977-23-563188 / 562847 (प्रधान कार्यालय) Check Mail Career Download Contact us

चन्द्रगढीमा स्वस्थ कार्यक्रम

चन्द्रगढी । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) को स्वास्थ्य समितिको आयोजनामा मानसिक तनावरहित जीवन आजको आवश्यकता सम्बन्धी एकदिने स्वास्थ्य शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
२०७३ चैत ११ गते शुक्रवार चन्द्रगढीस्थित एनएमसी कार्यालयको सभाहलमा सम्पन्न कार्यक्रममा एनएमसी चन्द्रगढी कार्यालयको स्थानीय व्यवस्थापन रहेको थियो । डा. सन्दिप बर्माले मानसिक रोगको लक्षण तथा निवारणका बारे सहजीकरण गर्नुभएको थियो । कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै एनएमसी स्वास्थ्य समितिका संयोजक दिलिप सुवेदीले यसप्रकारका स्वास्थ्य शिक्षा कार्यक्रमले समुदायमाथि सकारात्मक प्रभाव पारेको बताउनु भएको थियो । वहाँले यस्ता कार्यक्रमलाई भविष्यमा पनि एनएमसी स्वास्थ्य समितिले निरन्तरता दिने प्रतिबद्धता पनि जाहेर गर्नुभएको थियो । यमनाथ सिवाकोटीको स्वागत मन्तव्य रहेको कार्यक्रमको अध्यक्षता एनएमसी चन्द्रगढी कार्यालयगत समिति सदस्य अम्बिकाप्रसाद ढकालले गर्नुभएको थियो । कार्यक्रममा एनएमसी स्वास्थ्य समिति सदस्य विष्णु मैनाली उप्रेतीले तनावलाई न्यूनीकरण गर्ने विषयमा विशेष प्रस्तुति दिनुभएको थियो । १ सय ५५ भन्दा बढी सहभागीको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन झलनाथ भट्टराईले गर्नुभएको थियो ।

This Post Has 0 Comments

Leave a Reply

Back To Top