skip to Main Content
सम्पर्क: +977-23-563188 / 562847 (प्रधान कार्यालय) Check Mail Career Download Contact us
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, झापा

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (NMCCOOP) को स्थापना वि.सं. २०५० साल फागुन २४ गते तद्नुसार सन् १९९४ मार्च ८ तारिखमा भएको हो । तत्कालिन समयमा स्थानीयस्तरमा बचत गर्न चाहने व्यक्तिका घरदैलोमै पुगेर सानोतिनो रकम बचत गर्न सिकाउने र बचत गरिदिने कुनै निकाय थिएनन् । त्यसैले सीमा क्षेत्रमा भारतीय कम्पनीले पैसा उठाउने र लैजाने गरेका थिए । तर यसरी विदेशिएको रकम सुरक्षित नहुँदा बचत गर्नेहरु पीडित बन्ने गरेका थिए ।

सहकारीका मूल्य, मान्यता, सिद्धान्त र मर्मलाई सकेसम्म व्यवहारमा प्रयोग गर्दै जाँदा नै आजको (NMCCOOP) बन्न पुगेको छ । आज नेपालका धेरै सहकारी अभियानमा लागेका सहकारीका शुभचिन्तक र अभियान्ताहरु एनएमसीप्रति गर्व गर्छन् भन्दा दुईमत नहोला ।
अब एनएमसी सक्षम छ कि छैन भन्ने विषय गौण बन्ने गरेको छ । किनकि यसको मजबुती, सक्षमता, सुशासन, विश्वसनीयता र दिगोपनामा सदस्य एवम् समुदायले प्रश्न उठाउन छाडेका छन् ।

अब एनएमसीले यसका सदस्य र समाजमा कस्तो प्रभाव पार्न सकेको छ अर्थात् समाज परिवर्तनमा यो सहकारीले के कति योगदान गर्न सक्यो ? के गर्दैछ र भविष्यमा के गर्न सक्छ ? भन्ने विषय महत्त्वको बनेको छ । त्यसैले यो संस्थाका कार्यव्रmमहरु सदस्यको जीवनस्तर कसरी सहज र समृद्ध गर्न सकिन्छ ? समाजमा कसरी सकारात्मक प्रभाव पार्न सकिन्छ ? भन्नेमा केन्द्रित छन् ।

यो संस्थाले नेपाल राष्ट्र बैङ्कको स्वीकृतिमा सिमित बैङ्किड. कारोबार गरिरहेको छ । यसका अतिरिक्त २०७२ सालबाट एनएमसी डेरी व्यवसाय सुरु गरेको छ । प्रतिघण्टा ३ हजार लिटर प्रशोधन गर्ने क्षमताको यो डेरीले स्थापनाको दुई वर्षमै राम्रो फड्को मार्न सकेको छ । यसले संस्थाको विश्वसनीयता र जोखिम लिने क्षमता अझै बढाएको छ । डेरी व्यवसायको माध्यमबाट पशुपालक किसानसँग पुगेर उनीहरुको क्षमता विकास र  आयस्रोतमा वृद्धिका कार्यक्रम सञ्चालन गरिदँैछ ।

आगामी दिनमा संस्थाले सदस्य र समुदायको विकास एवम् जीवनस्तरमा उल्लेख्य सुधार ल्याउने कार्यक्रम ल्याउनु पर्छ र त्यसको केही खाकाहरु तयार भइसकेका पनि छन् । एनएमसीको अनुभवी र समर्पित टिमले संस्थाले अगाडि ल्याएका सबै योजनालाई विगतमा जस्तै भविष्यमा पनि सफल बनाउँदै लैजानेमा एनएमसी परिवार ढुक्क रहेको छ ।

Employee Details
EmployeesNo.
Office Employee:125
Field Employee:131
Female Employee:100
Dairy Employee:61
Total Employee:125
NMC ORGANIZATIONAL STRUCTURE
Back To Top