skip to Main Content
सम्पर्क: +977-23-563188 / 562847 (प्रधान कार्यालय) Check Mail Career Download Contact us
सञ्चालक स्वनियमन (DIRECTORS SELF REGULATION)

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.
प्रधान कार्यालय : मेचीनगर–६, काँकरभिट्टा

सञ्चालक स्वनियमन – २०६५

१. म सहकारीका मूल्य, मान्यता र सिद्धान्तविपरीत कार्य गर्दिनँ ।
२. म सहकारी ऐननियम, संस्थाको विनियम र निर्णयविपरीत गतिविधि गर्नेगराउने कार्य गर्दिनँ ।
३. म संस्थाले गरेको निर्णय, सम्झौता र सहमती विपरीत अभिव्यक्ति दिने र त्यसको अवज्ञा गर्ने काम गर्दिनँ ।
४. म संस्थालाई हानिनोक्सानी र अहित हुने गरी कुनै काम गर्दिनँ, गराउँदिनँ ।
५. म सामाजिक प्रतिष्ठा र नैतिकतामा आँच आउने गरी कुनै कार्य गर्दिनँ ।
६. म कसैको दबाब वा अनुचित प्रभावमा परेर संस्थाको रकमलाई असुरक्षित रुपमा कर्जा लगानी गर्दिनँ ।
७. म आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्नका लागि नीति बनाउन वा निर्णय गर्न दबाब दिन्नँ ।
८. म संस्थाका सदस्य, कर्मचारी र सेवाग्राहीप्रति रुखो व्यवहार र अहम् प्रदर्शन गर्दिनँ ।
९. म संस्थाका सदस्य, कर्मचारी र सेवाग्राहीलाई व्यक्तिगत नातासम्बन्ध, क्षेत्रीयता, जाति, भाषा, लिङ्ग,धर्म, वर्णका आधारमा भेदभावपूर्ण व्यवहार गर्दिनँ ।
१०. म संस्थाका सदस्य, कर्मचारी र सेवाग्राहीप्रति आग्रह वा पूर्वाग्रह राखेर काम गर्दिनँ ।
११. म संस्थाको कारोबारको सिलसिलामा कसैसँग अनुचित लाभ लिन्न ।
१२. म संस्थाको नियम मिचेर वा व्यक्तिगत लाभका लागि नियम बनाएर संस्थाको सम्पत्ति र साधनको दुरुपयोग गर्दिनँ ।
१३. म संस्थामा प्राप्त हुने अवसर बाँडफाँट गर्न कञ्जुस्याइँ गर्दिनँ ।
१४. म संस्थाको प्रगतिको जस आफू मात्र एक्लै लिने र कमजोरीको अपजस अरुमाथि मात्र थोपर्ने काम गर्दिन
१५. म आफू नभए संस्था चल्नै नसक्ने घमन्ड कहिल्यै गर्दिनँ ।
१६. म संस्थाको कुनै पनि जिम्मेवारीबाट हटेपछि संस्थाको बदख्वाइँ गर्दै हिँड्दिनँ ।
१७. म संस्था र आफ्नो व्यक्तिगत प्रतिष्ठामा आँच आउने गरी सार्वजनिक रुपमा मदिरा सेवन गरी होहल्ला गर्दै हिँड्दिनँ ।

Back To Top