skip to Main Content
सम्पर्क: +977-23-563188 / 562847 (प्रधान कार्यालय) Check Mail Career Download Contact us
कर्मचारी स्वनियमन (STAFF'S SELF REGULATION)

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.
प्रधान कार्यालय : मेचीनगर–६, काँकरभिट्टा

कर्मचारी स्वनियमन – २०६५

१. म सहकारीका मूल्य, मान्यता र सिद्धान्तविपरीत कुनै कार्य गर्दिनँ ।
२. म संस्थाको नियम र निर्णयबाहेक संस्थाका सदस्य तथा सेवाग्राहीबाट अनुचित रुपमा चन्दा, उपहार,
दानदातव्य आदि लिन्न ।
३. म बिहान कार्यालय समयभन्दा ढिलो गरी आउने र समयअगावै कार्यालय छोडेर जान्न ।
४. म कार्यालय समयमा मद्यमान, धूमपान, सुर्तीसेवन आदि जस्ता अम्मल सेवन गर्दिनँ ।
५. म अस्वाभाविक रुपमा फेसन र शृङ्गार गरेर कार्यालयमा उपस्थित हुँदिनँ ।
६. म कार्यालयको समयअवधि तथा कार्यक्रम अवधिमा संस्था परिवारभित्र व्यक्तिगत नातासम्बन्धका
आधारमा सम्बोधन र व्यवहार गर्दिनँ ।
७. म संस्थाका सदस्य तथा सेवाग्राहीसँग रिसाउने, झर्केर व्यवहार गर्ने तथा अशिष्ट बोलीवचन र हाउभाउ
प्रदर्शन गर्दिनँ ।
८. म संस्थाका सदस्य एवम् सेवाग्राहीको काम गर्दा अनावश्यक रुपमा ढिलासुस्ती गर्दिनँ ।
९. म प्रक्रिया पूरा नगरी संस्थाको नगद तथा जिन्सी कसैलाई दिन्न र आफू पनि चलाउँदिनँ ।
१०. म किर्ते बिलभर्पाई तयार गरी संस्थाको रकम हिनामिना गर्दिनँ ।
११. म संस्थालाई अहित हुने गरी सार्वजनिक रुपमा अभिव्यक्ति दिन्न ।
१२. म संस्थाका सञ् चालक तथा अन्य कर्मचारीका कमजोरीलाई सार्वजनिक रुपमा आलोचना गर्दै हिँडदिनँ ।
१३. म सार्वजनिक रुपमा मादकपदार्थ वा नशालु पदार्थ सेवन गरी आफ्नो र संस्थाको प्रतिष्ठा आँच आउने
काम गर्दिनँ ।
१४. म संस्थाका आन्तरिक तथा गोप्य कुरा अनाधिकृत रुपमा सार्वजनिक गर्दिनँ ।
१५. म कार्यालय समयमा संस्थाको कामलाई असर पर्ने गरी र विनाअनुमति कार्यालय छोडी बाहिर जाँदिनँ ।
१६. म कार्यालय समयभित्र व्यक्तिगत काम गरेर संस्थाको कामलाई बाधा पुयाउँदिन ।
१७. म संस्थाका सदस्य एवम् सेवाग्राहीप्रति पूर्वाग्रह राख्ने र भेदभावपूर्ण व्यवहार गर्दिनँ ।
१८. म कार्यालयको सरसफाइ, सामग्रीको उचित व्यवस्थापन र सजावटमा हेलचेक्र्याइँ गर्दिनँ ।
१९. म आजै गर्न सकिने कार्यालयको कामलाई भोलिका लागि साँचेर राख्दिनँ ।
२०. म आफूलाई प्राप्त जिम्मेवारीलाई अवसरको रुपमा लिन्छु तर बोझको रुपमा लिन्न ।
२१. म संस्थाको साधन र स्रोतलाई व्यक्तिगत कामका लागि दुरुपयोग गर्दिनँ ।
२२. म पदीय अनुशासन र मर्यादापालनलाई कडाइका साथ लागू गर्छु तर अनुचित लाभका लागि कसैसँग चाकरी र चाप्लुसी गर्दिनँ ।

Back To Top