एनएमसी कुञ्जीबारीको सरसफाइ कार्यक्रम
मंसिर, २७ ।नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.को २८औं वार्षिक साधारण सभाको अवसरमा कुञ्जीबारी कार्यालयले शनिबार गौरीगञ्ज–१ कुञ्जीबारी बजारमा सरसफाई कार्यक्रम आयोजना गरेको छ ।
गौरीगञ्ज – १ का वडाध्यक्ष कार्तिकलाल राजवंशीले संस्थाको अभियान प्रति धन्यवाद व्यक्त गर्दै स्थानीय बजारमा उत्पादन हुने फोहोर मैलालाई व्यवस्थापन गर्नु पर्नेमा जोड दिनुभयो । त्यस्तै, सहभागी संस्था मध्ये नेपाल रेडक्रस सोसाइटी महाभारा उपशाखाको तर्फबाट सभापती केलास कुमार मास्केले आगामी दिनमा संस्थाका यस्ता अभियानमा सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कुञ्जीबारी कार्यालयगत उपसमिति सदस्य पर्शुराम काफ्लेले उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रमको समापन गर्नुभएको थियो ।