NMC-COOP

Organizational Structure

vision

सुदृढ, सक्षम, विश्वसनीय र उत्कृष्ट सहकारी ।

Strong, Able, Reliable and Excellent Co-operative Society.

missionसदस्यको आर्थिक विकास, सामाजिक न्याय एवम् सहकारी मूल्यमान्यतामा आधारित जीवनशैली र समुदायमा सकारात्मक प्रभाव पार्ने ।
To influence the Member of society by
raising their Socio-economic status with
business diversification and quality services.

goal

  • सदस्यकेन्द्रित बैंकिङ कारोबार गर्ने,
  • सदस्य र समुदायलाई सेवा पुग्ने गरी व्यवसाय गर्ने,
  • सहकारीका मूल्यमान्यताको अनुसरण गर्ने,
  • सदस्यको व्यवसाय र व्यावहारिक जीवनमा सहयोग गरने,
  • समुदायप्रतिको जिम्मेवारी पूरा गर्न स्वास्थ्य, शिक्षा र वातावरणीय सुधारको काम गर्ने र
  • जेष्ठ नागरिक, पिछडिएको वर्ग, क्षेत्र र अपाङ्गताको क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गर्ने ।

objective

  • सदस्यहरूको खाँचो पुर्ति गर्नको लागि एक जुट भै काम गर्न प्रोत्साहन गर्ने ।सदस्यहरूमा स्वावलम्बनको ज्ञान, पारस्परिक सहयोग र मितव्ययिताको भावना सिजना गर्ने र बचत गर्ने बानी अभिवृद्धि गर्ने ।
  • सदस्यहरूको आर्थिक तथा सामाजिक जीवनस्तर उठाउने ।सहकारी ऐन २०४८ को दफा २६ (१) ले दिएको अधिकार प्रयोग गरी सोही दफाको उपदफा (२) ले निर्धारण गरेको प्रक्रिया पूरा गरेर बैङ्किङ कारोबार गर्ने ।
  • सहकारी भावनाको अभिवृद्धि गर्दै सहकारी ऐन तथा नियमावलीको मातहतमा रही संस्थाका सदस्यहरूको जीवनस्तर माथि उठाउन सम्वन्धित निकायहरूको इजाजत लिई आयमूलक, सीपमूलक, सेवामूलक, उत्पादनमूलक एवम् स्वास्थ्य, शिक्षा, खेलकुद, आवास, सञ्चार, तालिम र वातावरण संरक्षण एवम् सुधारका कार्य गर्ने ।
  • साथै स्वरोजगारीका लागि विभिन्न कार्यहरू गर्ने ।
  • जेष्ठ नागरिकहरूको हेरचाह र सुविधाका लागि विशेष व्यवस्था मिलाउने ।
  • कृषिको व्यावसायिकीकरणमा सहयोग पुयाउने र महिला सशक्तिकरणका क्षेत्रमा कार्य गर्ने ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, झापा नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (NMCCOOP) को स्थापना वि.सं. २०५० साल फागुन २४ गते तद्नुसार सन् १९९४ मार्च ८ तारिखमा भएको हो । तत्कालिन समयमा स्थानीयस्तरमा बचत गर्न चाहने व्यक्तिका घरदैलोमै पुगेर सानोतिनो रकम बचत गर्न सिकाउने र बचत गरिदिने कुनै निकाय थिएनन् । त्यसैले सीमा क्षेत्रमा भारतीय कम्पनीले पैसा उठाउने र लैजाने गरेका थिए । तर यसरी विदेशिएको रकम सुरक्षित नहुँदा बचत गर्नेहरु पीडित बन्ने गरेका थिए । सहकारीका मूल्य, मान्यता, सिद्धान्त र मर्मलाई सकेसम्म व्यवहारमा प्रयोग गर्दै जाँदा नै आजको (NMCCOOP) बन्न पुगेको छ । आज नेपालका धेरै सहकारी अभियानमा लागेका सहकारीका शुभचिन्तक र अभियान्ताहरु एनएमसीप्रति गर्व गर्छन् भन्दा दुईमत नहोला । अब एनएमसी सक्षम छ कि छैन भन्ने विषय गौण बन्ने गरेको छ । किनकि यसको मजबुती, सक्षमता, सुशासन, विश्वसनीयता र दिगोपनामा सदस्य एवम् समुदायले प्रश्न उठाउन छाडेका छन् । अब एनएमसीले यसका सदस्य र समाजमा कस्तो प्रभाव पार्न सकेको छ अर्थात् समाज परिवर्तनमा यो सहकारीले के कति योगदान गर्न सक्यो ? के गर्दैछ र भविष्यमा के गर्न सक्छ ? भन्ने विषय महत्त्वको बनेको छ । त्यसैले यो संस्थाका कार्यव्रmमहरु सदस्यको जीवनस्तर कसरी सहज र समृद्ध गर्न सकिन्छ ? समाजमा कसरी सकारात्मक प्रभाव पार्न सकिन्छ ? भन्नेमा केन्द्रित छन् । यो संस्थाले नेपाल राष्ट्र बैङ्कको स्वीकृतिमा सिमित बैङ्किड. कारोबार गरिरहेको छ । यसका अतिरिक्त २०७२ सालबाट एनएमसी डेरी व्यवसाय सुरु गरेको छ । प्रतिघण्टा ३ हजार लिटर प्रशोधन गर्ने क्षमताको यो डेरीले स्थापनाको दुई वर्षमै राम्रो फड्को मार्न सकेको छ । यसले संस्थाको विश्वसनीयता र जोखिम लिने क्षमता अझै बढाएको छ । डेरी व्यवसायको माध्यमबाट पशुपालक किसानसँग पुगेर उनीहरुको क्षमता विकास र आयस्रोतमा वृद्धिका कार्यक्रम सञ्चालन गरिदँैछ । आगामी दिनमा संस्थाले सदस्य र समुदायको विकास एवम् जीवनस्तरमा उल्लेख्य सुधार ल्याउने कार्यक्रम ल्याउनु पर्छ र त्यसको केही खाकाहरु तयार भइसकेका पनि छन् । एनएमसीको अनुभवी र समर्पित टिमले संस्थाले अगाडि ल्याएका सबै योजनालाई विगतमा जस्तै भविष्यमा पनि सफल बनाउँदै लैजानेमा एनएमसी परिवार ढुक्क रहेको छ ।