NMC-COOP

Different Business
0
Happy Members
0
Hard Working Employees
0 +
अध्यक्षको कोलम

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (Nepal Multipurpose Cooperative Society Limited (NMC-COOP) २०५० साल फागुन २४ गते (March 8, 1994) डिभिजन सहकारी कार्यालय, झापामा दर्ता भएको सहकारी संस्था हो । सङ्घीय सहकारी ऐन २०७४ मा भएको व्यवस्था बमोजिम हाल यस संस्थालाई कोशी प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले नियमन गर्दछ । यो संस्थाको कार्यक्षेत्र झापा, इलाम र मोरङ तीन जिल्ला रहेका छन् ।  

संस्था स्थापना गर्दा बचत तथा ऋण सहकारीको दर्ता भएको यस संस्थाले प्रारम्भदेखि नै सदस्यलाई सहज रूपमा वित्तीय सेवा प्रदान गर्दै आएको छ । स्थापनाको केही समयपछि बहुउद्देश्यीय सहकारीको रुपमा परिवर्तित भएपछि यस संस्थाले बहुल व्यवसाय सञ्चालन गर्दै आएको छ । 

उत्पादनका क्षेत्रमा संस्थाले डेरी उद्योग, चिया उद्योग, प्याकेजिङ उद्योग सञ्चालन गर्दै आएको छ । कृषि (Agro Farming) तर्फ धान, तरकारी, फलफूल र च्याउ खेती गर्दै आएको छ । त्यसैरी नै फलफूल तथा तरकारीका बेर्ना र साइलेज उत्पादन गर्दै आएको छ । कृषिअन्तर्गत आफ्नै जमिनमा नमुनाको रुपमा गाईपालन, माछापालन, मौरीपालन र हाँसपालन गर्दै आएको छ । स्थानीय कृषकलाई सहुलियत मूल्यमा कृषि यान्त्रीकरण (Custom Hiring Center(CHC) सञ्चालन गर्दै आएको छ । सदस्य र सर्वसाधारणको सहज पहुँच पुग्ने गरी विभिन्न स्थानमा सहकारी पसलहरु सञ्चालनमा रहेका छन् । 

संस्थामा हाल १ लाख ५० हजारभन्दा बढी सदस्यहरु रहेको संस्थाले सामाजिक व्यवसाय सञ्चालनका अतिरिक्त विभिन्न सामुदायिक गतिविधिहरु सञ्चालन गर्दै आएको छ । ‘असल संस्कार र समृद्धिका लागि एनएमसी’ भन्ने मुख्य थिम लिएको संस्थाले समयप्रतिको प्रतिवद्धता, सामाजिक योगदानमा मेरो १ रुपियाँ, चेतनामूलक सरसफाइ, सदस्यहरुप्रति आदरभाव जस्ता अभियान सञ्चालन गर्दै आएको छ ।

संस्थापक अध्यक्षको कोलम

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (NMC-COOP) को स्थापना वि.सं. २०५० फागुन २४ गते तद्नुसार सन् १९९४ मार्च ८ तारिखमा भएको हो । संस्था स्थापना गर्दाको मुख्य उद्देश्य समाजमा छरिएर रहेको ससाना रकमलाई सङ्कलन गरी सुरक्षित गर्नु थियो । मैले थाहा पाएसम्म त्यो बेलामा नेपालमा बचत गर्न चाहने व्यक्तिका घरदैलोमै पुगेर सानोतिनो रकम बचत गर्न सिकाउने र बचत गरिदिने कुनै निकाय थिएनन् । त्यसैले सीमा क्षेत्रमा भारतीय कम्पनीले पैसा उठाउने र लैजाने गरेका थिए । तर यसरी विदेशिएको रकम सुरक्षित नहुँदा बचत गर्नेहरु पीडित बन्ने गरेका थिए ।

सहकारीको ज्ञान नभई सहकारी दर्ता गरेर सञ्चालन गर्न पुगियो । ज्ञान थिएन तर भावना पवित्र थियो । त्यसैले होला हामीले सहकारी सिक्न र प्रयोग गर्न कन्जुस्याईँ गरेनौँ । सहकारीका मूल्य, मान्यता, सिद्धान्त र मर्मलाई सकेसम्म व्यवहारमा प्रयोग गर्दै जाँदा नै आजको (NMC-COOP) बन्न पुगेको हो । हामी मात्रै होइन आज नेपालका धेरै सहकारी अभियानमा लागेका सहकारीका शुभचिन्तक र अभियान्ताहरु हाम्रो संस्थाप्रति गर्व गर्छन् भन्ने जानकारी पाउँदा हामीलाई अत्यन्तै खुसी लाग्ने गर्छ । झापावासीले त यो संस्थालाई औधी माया गर्ने र यसको श्रीवृद्धिमा निरन्तर योगदान गरिरहेका छन् ।

संस्थाले तिन दशकको यात्रा तय गरेको छ । यो अवधिमा संस्थाको आकार र कारोबार मात्रै वृद्धि भएको छैन साख बढेको छ, सदस्य र समुदायको भरोसा बढेको छ सँगसगै चुनौतिहरु पनि थपिएका छन् । चुनौति राम्रो हुने मात्रै होइन अभैm राम्रो हुने र निरन्तर उचाईतिर लम्कने हो । उचाईमा टिकिरहने हो ।  

एनएमसीले २०७२ सालबाट बहुव्यवसाय सुरु ग¥यो । स्थापनाकालदेखि गर्दै आएको बचत तथा ऋणको व्यवसाय पहिलो व्यवसाय, एनएमसी डेरी उद्योग (२०७२) दोस्रो व्यवसाय, एनएमसी एग्रो फार्म (२०७५) तेस्रो व्यवसाय, एनएमसी सहकारी पसल (२०७६) चौथो व्यवसाय र एनएमसी चिया उद्योग (२०७८) पाँचाँै व्यवसायको रुपमा सञ्चालनमा छन् । २०८० सालको सुरुमै सिटिसी चिया प्याकेजिङ उद्योग, मह प्रशोधन उद्योग सञ्चालनमा आएका छन् । यसै वर्षबाट स्वदेशी कृषि उपजमा आधारित खाद्य उद्योग सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । यी सबै व्यवसायले उत्पादक र उपभोक्तालाई जोड्ने छ भने सदस्यलाई उत्पादन एवम् सेवामा जोडेर व्यावसायिक बनाउने र उपभोक्तालाई न्याय गर्ने विश्वास लिएका छौँ । 

सामाजिक सरोकारका विषयमा एनएमसी गर्वदेखि स्वर्गसम्म (जन्मदेखि मृम्त्युसम्म)को अभियानमा सदस्यको सुखमा उपहार र दुःखमा राहतको प्याकेज बोकेर घरदैलोसम्म पुग्ने गरेको छ । स्कुले जीवनदेखि नै बचतको महत्त्व र वित्तीय साक्षरताको व्यावहारिक ज्ञान सिकाउन स्कुलहरुमा स्टुडेण्ड सेभिङ क्लब सञ्चालन गरिएको छ । 

‘असल संस्कार र समृद्धिका लागि एनएमसी’ भन्ने मूल नारा तय गरेर एनएमसीले सदस्य, कर्मचारी र समाजमा असल संस्कारको अभ्यासलाई सघन बनाएको छ । सदस्यहरुसँगको नियमित सम्पर्क र सहभागिता, शिक्षा र सूचनाको आदान प्रदान, पारदर्शी कारोबार एवम् व्यवहार गरेर संस्थाप्रतिको विश्वास बढाउँदै लैजान सकिएको अनभूति भएको छ । यी र यस्ता अनेकन असल अभ्यासको कारण कोभिड–१९ को आर्थिक प्रभावलाई झेलेर अगाडि बढिएको छ । नेपालमा कतिपय सहकारीहरुमा देखिएको गलत अभ्यासका कारण सहकारीको सामाजिक ‘इमेज’ बिग्रिएर बदनामको अवस्था हुँदा समेत एनएमसीले पछि फर्कनु परेको छैन, निरन्तर प्रगति गरिरहेको छ । 

असल नियत, सामूहिक भावना, सहकारीका मूल्य मान्यता र सिद्धान्तको परिपालनामा भएको एनएमसीको असल अभ्यासले वर्तमान एवम् भविष्यमा पनि निरन्तता पाउने छ भन्नेमा म ढुक्क छु । यिनै असल अभ्यास र असल संस्कारको जगमा उभिएर निरन्तर अगाडि बढदा नै एनएमसीको भविस्य सुरक्षित हुने विस्वास गरेको छु । 

धन्यवाद !

सूचना तथा गुनासो सुनुवाई अधिकारी

मनिष कोइराला
९८५२६८९६५०
gunaso@nmc.coop.np