बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) को विषयगत उपसमिति महिला सशक्तिकारण उपसमितिको आयोजनामा मिति २०७८ साल चैत्र २० गते ६५ औँ राष्ट्रिय सहकारी दिवसको आवसर पारेर एक दिने स्वास्थ्य र भान्सा विषयक कार्यक्रम सम्पन्न भएको छ । उपसमितिका संयोजक हेमा सिटौलाले अध्यक्षता गर्नुभएको उक्त कार्यक्रममा सदस्य कविता पौडेलले शाब्दिक स्वागत गर्नुभएको थियो ।
कनकाई बहुुमुुखी क्याम्पसको सभाहलमा सम्पन्न कार्यव्रmममा संस्था अन्तर्गत विभिन्न समितिमा रहनुुुहुुने महिला पदाधिकारी तथा कनकाई रतुुवा क्षेत्रअन्तर्गतका कर्मचारी तथा बजार प्रतिनिधिहरुको सक्रिय सहभागिता रहेको थियो ।
कार्यव्रmममा स्वस्थ भान्सा तथा स्वास्थ्य जीवनशैली सम्बन्धी विषयमा सहजकर्ता गंगा प्रसाद ढकालले सहजीकरण गर्दै संस्थाले तय गरेको ‘असल संस्कार र समृद्धिका लागि एनएमसी’को मूल नारालाई सार्थक बनाउन आफ्नो जीवनशैलीलाई परिवर्तन गर्न सुझाव दिनुभएको थियो । कार्यक्रम अवधिभर सहजकर्ताले रोग लागेर उपचार गर्नुुभन्दा रोग लाग्न नदिनुु उत्तम हुुने भन्दै हामीले भोजनमा के के खानेकुुरा खाने कुुन समयमा के खाने कसरी खाने भन्ने विषयमा जानकारी गराउँदै हाम्रो भान्सा हाम्रो औषाधलय हो भन्ने विषयको चर्चा गर्नुभएको थियो ।