नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड अन्तर्गतको चौथो व्यवसाय सहकारी पसल व्यवसायले ५०,००० हजार पोइन्ट रिडिम गर्ने व्यक्तिहरूलाई मोटरसाइकल तथा स्कुटर वितरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम २०८३ बैशाख ११ गते शुक्रबार आयोजना गरिएको थियो ।
एनएमसी सहकारी पसलमा एनएमसी सदस्यलाई प्रत्येक रु. १०० बराबरको सामान खरिदमा १ पोइन्ट प्रदान गरिने व्यवस्था रहेको छ, जसअनुसार सदस्यहरूले ५०,००० पोइन्ट रिडिम गरी सवारी साधन प्राप्त गरेका हुन । सवारी साधन पाउनेमा बुधबारे सहकारी पसलबाट गोपाल प्रसाद रिमाल – Pulsar 150, शनिश्चरे सहकारी पसल युवराज धिताल – Honda Dio र शनिश्चरे सहकारी पसलबाट बिन्दु लिम्बु – TVs\ Ntorq हुन ।
कार्यक्रम सञ्चालन सामुदायिक विभाग प्रमुख अरुणकुमार प्रधानले गरेका थिए भने अध्यक्षता सहकारी पसल व्यवसाय उपसमितिका संयोजक राजु उप्रेतीले गरेका थिए । स्वागत मन्तव्य सहकारी पसल व्यवसाय प्रमुख वासुदेव खतिवडाले व्यक्त गरेका थिए भने लाभग्राहीहरूले आफ्ना अनुभव पनि साझा गरेका थिए ।






