NMC-COOP

खुदुनाबारीमा एनएमसीद्वारा भिआइए परीक्षण कार्यव्रmम सम्पन्न

खुदुनाबारी । नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तर्गतको विषयगत उपसमिति महिला सशक्तिकरण उपसमितिको आयोजना तथा परिवार नियाजन संघ भद्रपुुर झापाको प्राविधिक सहयोगमा बैशाख ८ गते शुुक्रबारका दिन खुुदुुनाबारी स्वास्थ्य चौकीमा महिलाहरुको लागि निःशुुल्क भिआइए परीक्षण (पाठेघरको मुुखमा हुुने क्यान्सरको परीक्षण) सम्पन्न गरिएको छ ।


एनएमसी महिला सशक्तिकरण उपसमितिका संयोजक हेमा सिटौलाले अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा खुुदुुनाबारी सेवाकेन्द्रगत उपसमिति सदस्य भोलानाथ बरालले स्वागत मन्तव्य व्यक्त गर्नुुभएको थियो । परिवार नियोजन संघ भद्रपुुर झापाका वरिष्ठ परामर्शदाता प्रमिला गौतम लगायतको टोलीले सहभागी महिलाहरुको परीक्षण गर्नुुभएको थियो । कार्यक्रममा ४२ जना महिलाहरुको भिआइए परीक्षण गरिएको थियो । एनएमसिको महिला सशक्तिकरण उपसमितिले विगतमा समेत यसप्रकारको शिविर सञ्चालन गरी महिलाहरुलाई यस विषयमा सचेतना प्रदान गर्दै आइरहेको छ । खुुुदुुनाबारी स्वास्थ्य चौकीका स्वास्थ्य प्रमुुख डम्बरबल्लभ मिश्रको प्रमुुख आथित्यमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सदस्य सचिव हिरन कट्टेलले गरेकी थिइन् ।

Related Posts :

Comments :