NMC-COOP

एनएमसीको महिला सशक्तिकरण उपसमितिद्वारा सचेतनामूलक कार्यक्रम सम्पन्न

नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको विषयगत उपसमिति महिला सशक्तिकरण उपसमितिको आयोजना तथा मेची क्षेत्र अन्तर्गतको बाहुुण्डाँगी सेवाकेन्द्रको स्थानीय व्यवस्थापनमा मिति २०८० साल मंसिर ९ गते शनिबारका दिन बाहुुण्डाँगी स्थित शरस्वती मा.विको सभाहलमा प्रत्येक वर्ष २५ नोभेम्वर देखी १० डिसेम्वर सम्म विभिन्न सचेतनामुुलक कार्यक्रमहरु आयोजना गरी मनाइने लैड्गिक हिंसा विरुदको १६ दिने अभियान सम्पन्न भएको थियो । लैड्गिक हिंसा अन्त्यको सुुनिश्तितताःमहिला र बालबालिकामा लगानिको ऐक्यवद्धता भन्ने राष्ट्र नाराका साथ एक दिने सचेतनामुुलक कार्यक्रमहरु सञ्चालन गरिएको थियो ।


महिला सशक्तिरण उपसमितिका संयोजक कविता पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका सञ्चालक समितिका अध्यक्ष,बरिष्ठ उपाध्यक्ष ,लेखा सुुपरिवेक्षण समितिका संयोजक तथा अन्य उपसमिति पदाधिकारीहरुको सहभागिता रहेको थियो । प्रमुुख सहजकर्ता तारा बाराकोटीले सहजिकरण गर्नुुभएको उक्त कार्यक्रममा सहभागि सदस्यहरुलाई लैड्गिक हिंसा विरुदको १६ दिने अभियान कार्यक्रमको इतिहास, लैड्गिक हिंसाको परिभाषा,हिंसाका प्रकार लगायतका विषयमा सहजीकरण गर्नुुभएको थियो । कार्यक्रममा प्रमुुख सहजकर्ताले हाम्रो समाजमा घट्ने हिंसाका विभिन्न उदाहरणहरु प्रस्तुुत गर्दै सदस्यहरुलाई सहज र सरल तरिकाले सहजिकरण गरी उक्त विभिन्न प्रकारका हिंसाको कानुुनी परामर्श समेत प्रदान गर्नुुभएको थियो ।

Related Posts :

Comments :