NMC-COOP

एनएमसीको पहलमा विद्यार्थीलाई पोशाक

दुधे । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तर्गत दुधे सेवाकेन्द्र र दुधेस्थित बालज्योति आधारभूत विद्यालयको संयुक्त पहलमा विद्यार्थीलाई निःशुल्क पोशाक वितरण गरिएको छ ।


शुक्रबार दुधेस्थित बालज्योति आधारभूत विद्यालयमा अध्ययनरत ५८ जना विद्यार्थीलाई एनएमसी र विद्यालयद्वारा संयुक्त रुपमा आयोजित कार्यव्रmमका बिच उक्त पोशाक वितरण गरिएको हो । झापा, मोरङ र इलाम कार्यक्षेत्र भई सञ्चालन भइरहेको एनएमसीले सामाजिक गतिविधिहरुमध्येको सामाजिक योगदानमा मेरो एक रुपियाँ अभियान अन्तर्गत बचत भएको रकमबाट उक्त कार्य सम्पन्न गरिएको संस्थाका सञ्चालक समिति सदस्य दुर्गाप्रसाद भट्टराईले बताउनुभयो ।


विद्यालयका विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष देवीप्रसाद सिटौलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यव्रmममा एनएमसी सहकारी पसल व्यवसायका सहसंयोजक गुरुप्रसाद पाठक, दुधे सेवाकेन्द्र उपसमिति संयोजक प्रेमप्रसाद भण्डारी, क्षेत्रीय प्रमुख, शिक्षक, शिक्षिका अभिभावक लगायतको उपस्थिति रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानुप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यव्रmमको सञ्चालन दुधे सेवाकेन्द्र प्रमुख भक्तिप्रसाद भण्डारीले गर्नु भएको थियो । कार्यव्रmममा उपस्थित सबैमा विद्यालयकी शिक्षिका सुशिला प्रसाईँले शाब्दिक स्वागत गर्नुभएको थियो ।

Related Posts :

Comments :