NMC-COOP

एनएमसीले दियो छुट

एनएमसी कोशी प्रदेशकै उत्कृष्ट सहकारी

झापा । देशकै अग्रणी सहकारीका रुपमा स्थापित नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) ले आफ्ना ऋणी सदस्यहरुका लागि आकर्षक छुट सुविधा लागू गर्ने भएको छ । विगतमा कोभिड १९ महामारी तथा पछिल्लो आर्थिक कारोबारमा संकुचन आई उद्योग, व्यापार र लगानीबाट अपेक्षित आम्दानी हुन नसकी संस्थाको कर्जा बुझाउन अप्ठ्यारोमा परेका सदस्यहरुका लागि यो छुट सुविधा ल्याएको संस्थाले जनाएको छ । विगतमा कर्जा उपभोग गरेका सदस्यहरुमध्ये विभिन्न कारणबाट कर्जाको नियमित किस्ता बुझाउन छुट भएका, किस्ता बुझाउने भाखा नाघेका र कर्जा हर्जाना समेत गणना भएको अवस्थामा सदस्यहरुलाई कर्जा भुक्तानी गर्न, कर्जालाई नियमित गर्न सहयोग पुग्ने उद्देश्यले यसप्रकारको छुट सुविधा दिइएको संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले बताउनु भयो ।


यस छुट सुविधा अन्तर्गत कर्जा उपभोग गरेका सदस्यहरुले आफ्नो भाखा नाघेको कर्जा एकमुष्ठ चुक्ता गर्न चाहेमा ब्याज तथा हर्जानामा २५ प्रतिशत छुट सुविधा प्राप्त गर्नेछन् भने सदस्यले भाखा नाघेको कर्जा चुक्ता नगरी साविकको ब्याज तथा हर्जाना बुझाई कर्जालाई नियमित गर्न चाहेमा हर्जानामा ५० प्रतिशत छुट सुविधा प्राप्त गर्नेछन् ।
संस्थाले चैत १५ गतेदेखि लागूहुनेगरी कर्जाका विभिन्न प्रोडक्टहरुलाई ०.४० देखि १.०० प्रतिशत सम्म ब्याजदर कम गरेको थियो । संस्थाले सदस्यहरुलाई उद्यमशिलतामा प्रोत्साहन गर्न र व्यापार व्यसाय सञ्चालन गर्न यसै आर्थिक वर्षदेखि १२ प्रतिशतब्याजदरमा १० लाख रुपियाँसम्मको लघू कर्जा समेत छिटो र छरितो प्रकृयाबाट लगानी गर्दै आएको छ । संस्थाको हाल बचत तथा ऋण कारोबारतर्फ झापामा ४५ वटा, इलाममा ६ वटा र मोरङमा ७ वटा सेवाकेन्द्रहरु गरी जम्मा ५८ वटा सेवाकेन्द्रहरु सञ्चालनमा रहेका छन् ।


एनएमसी कोशी प्रदेशकै उत्कृष्ट सहकारी
सहकारी संस्थाहरुमध्ये देशकै स्थापित सहकारी संस्थाको रुपमा परिचित एनएमसी उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०८० बाट सम्मानित हुने भएको छ । राष्ट्रिय सहकारी महासंघ नेपालबाट चैत २० गते राष्ट्रिय सहकारी दिवसका अवसरमा एनएमसीलाई सात प्रदेशमध्ये कोशी प्रदेशको उत्कृष्ट सहकारीको रुपमा सम्मानित गरिने घोषणा गरिएको छ । वि.सं. २०५० सालमा स्थापित एनएमसी विगतदेखि नै विभिन्न पुरस्कार तथा सम्मानहरुबाट सम्मानित हुँदै आएको छ । एनएमसीले बचत तथा ऋणसँगै डेरी व्यवसाय, एनएमसी एग्रो फार्म, सहकारी पसल र चिया उद्योग सञ्चालन गर्दै आएको छ । नेपालमा सञ्चालनमा रहेका सहकारीहरुमध्ये बहुउद्देश्यीय प्रकृतिको सहकारीले गरेको व्यवसाय विविधिकरणको अभ्यासमा एनएमसी नमुना संस्थाको रुपमा परिचित रहेको छ ।

Related Posts :

Comments :