NMC-COOP

विश्व दूध दिवसको अवसरमा एनएमसी डेरीलाई उत्कृष्ट सम्मान

Image

झापा, १९ जेठ । विश्व दूध दिवसको अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्ड हरिहरभवनको आयोजनामा झापा भएको कार्यक्रममा उत्कृष्ट किसान, सहकारी र पत्रकारलाई सम्मान गरिएको छ । 

‘दूध तथा दुग्ध पदार्थको सेवन दुग्ध व्यवसायको प्रवद्र्धन’ भन्ने नारासहित आयोजित २४ औं विश्व दूध दिवसमा एनएमसी एग्रो फार्म दुहागढीमा आज भएको कार्यक्रमा उत्कृष्ट किसान मोरङका विज्ञान बस्नेत, झापाका राजकुमार तामाङ, पत्रकार प्रशान्त खड्कालाई सम्मानपत्र र दोसलाले कृषि पशुपंक्षी तथा सहकारी मन्त्री ज्वालाकुमारी साहले सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा उत्कृष्ट सहकारी संस्थाहरुमा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालन गरेको एनएमसी डेरी उद्योग झापा, पिटुवा दुग्ध उत्पादक सहकारी संस्था रत्ननगर चितवन, कामधेनु दुग्ध विकास सहकारी संस्था आपगाछी सुनसरीलाई समेत सम्मान गरिएको छ । 

कार्यक्रममा मन्त्री साहले सहकारी तथा व्यक्तिले संचालन गरेका दुग्ध उत्पादन कारखाना, डेरीलगायतका कारण पनि युवाहरु स्वरोजगार बनिरहेको बताउनुभयो । उहाँले दुग्ध क्षेत्रमा देखिएको समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो । 

कार्यक्रममा कोशी प्रदेशकी मुख्यमन्त्री कार्यालयकी राज्यमन्त्री सिर्जना राई, पशु सेवा विभागका महानिर्देशक डा. विनय कुमार कर्ण, दुग्ध विकास संस्थाका महाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारी, कृषि तथा सहकारी मन्त्रालयका सचिव लेखराज दाहाल, कोशी प्रदेश डेरी उद्योगका संयोजक रामचन्द्र उप्रेतीलगायतले दूधजन्य पदार्थको उत्पादन, समस्या र समाधानको विषयमा आ आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।  

Related Posts :

Comments :