नेपाल बहुुउद्देयीय सहकारी संस्था लि. अन्तर्गतको कुुञ्जीबारी सेवाकेन्द्रको स्थानीय व्यवस्थापनमा संस्थाको नीतिगत व्यवस्था अनुुरुप गौरीगञ्ज १ मा रहेको जनकल्याण आधारभुुत विद्यालयमा गठित स्टुडेन्ट सेभिङ्ग क्लवलाई मिति २०८१ साल असार ७ गते रु.५००० बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरियो ।उक्त शैक्षिक सामग्री हस्तानन्तरण कार्यक्रममा कनकाई रतुुवा क क्षेत्रीय उपसमिति सह संयोजक चन्द्रप्रसाद भट्टराई र भौगोलिक एकाई उपसमिति पदाधिकारी समेतको उपस्थिति रहेको थियो । कुुञ्जीबारी सेवाकेन्द्र प्रमुुख भोलानाथ सुुवेदीले सञ्चालन गरेको कार्यक्रममा ४० जना विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको थियो ।

विद्यालयका प्रधानध्यापक भिम बाहदुुर कार्कीले विद्यार्थी जीवनबाट नै बचत गर्ने संस्कारको विकाशका लागि संस्थाले अघि सारेको यस कार्यक्रमको प्रंशसा गर्दै विद्यार्थीहरुलाई यस प्रकारको गतिविधिले थप उत्प्रेरित गरेको साथै आगमि दिनमा समेत यस कार्यक्रमलाई निरन्तरता दिइनुुपर्छ भन्दै संक्षिप्त मन्तव्य राख्नुुभएको थियो ।समग्रमा कार्यक्रम सब्य र भब्य रुपमा सम्पन्न भएको थियो ।