NMC-COOP

बिद्यालय प्रथम बाल बचतकर्तालाई रु.५००० पुुरस्कार

नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको बिर्तामोड सेवाकेन्द्रले बालबचतकर्ता दिप्ति सुवेदीलाई विद्यालय प्रथम भएकोमा नगद रु.५,००० रकम सहित पुुरस्कृत गरेको छ । संस्थाको अभियान अन्तर्गतको स्टुुडेन्ट सेभिङ्ग क्लव समेत सक्रिय रुपमा सञ्चालन गरिरहेको विर्तामोड स्थित मोहनमाया माध्यमिक विद्यालयबाट विद्यालय प्रथम भएकोमा बालबचतकर्तालाई संस्थाको नीतिगत व्यवस्था बमोजिम पुुरस्कार प्रदान गरिएको थियो ।विद्यालय परिसरमा भएको कार्यक्रममा संस्थाका लेखा सुुपरिवेक्षण समितिका संयोजक रचना दाहाल ,महिला सशक्तिकरण उपसमितिका संयोजक कविता पौडेल ,सेवाकेन्द्र प्रमुुख धर्मेन्द्र सुुवेदी लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।सेवाकेन्द्र प्रमुुखले सञ्चालन गरेको उक्त कार्यक्रममा ८० जना भन्दा बढी विद्यार्थीहरु तथा त्यस विद्यालयका शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।यस प्रकारका कार्यक्रमले उक्त विद्यालयमा अध्ययनरत अन्य विद्यार्थीहरु समेत उत्प्रेरित भएका थिए ।

Related Posts :

Comments :