NMC-COOP

Entrepreneurship Loan

युवा उद्यमशिलता कर्जा (Entrepreneurship Loan)
वित्तीय बजारमा सानो कर्जा प्रयोग गर्ने ऋणीहरुलाई ठूलो कर्जाको तुलनामा बढी ब्याजदर निर्धारण गर्ने अभ्यास पाइन्छ । यसबाट सानो कर्जा प्रयोगकर्ताहरु मारमा परिरहेका हुन्छन्। संस्थामा आवद्ध सदस्यहरुमध्ये उत्पादन, साना तथा मझौला व्यापार व्यवसाय गरी स्वरोजगर बन्न चहाने युवा सदस्यहरुलाई प्रोरित गर्ने उद्देश्यले यो कर्जाको प्रोडक्ट तयार गरिएको छ ।
प्रारम्भ ः
यो कर्जा योजना मिति २०८१ भदौ १ गतेदेखि लागू हुनेछ ।
कर्जाको उद्देश्य ः
▪ संस्थाले सञ्चालनमा ल्याएको उद्यमशिलताको कार्यक्रमलाई सहयोग पु¥याउने ।
▪ प्रतिष्पर्धी बजारको तुलनामा सानो ऋण प्रयोगकर्ता सदस्यहरुलाई सर्वसुलभ ब्याजदरमा कर्जा
उपलब्ध गराउने।
कर्जाका विशेषताहरु ः
▪ नयाँ व्यवसाय तथा परियोजना सञ्चालन गर्ने प्रयोजनका लागि पहिलो १ वर्ष (१२ किस्ता) ब्याज
मात्र भुक्तान गर्न सकिने । त्यस पश्चात मासिक वा त्रैमासिक साँवा र ब्याज किस्ता भुक्तान गर्नुपर्ने ।
▪ व्यवसाय सञ्चालन भएको वा दर्ता भएको २ बर्षको अवधिभित्रका व्यवसायमा यो शीर्षकअन्तर्गत कर्जा लगानी गरिनेछ ।
▪ अन्तिम भाखा अगावै कर्जा चुक्ता गर्न सकिने साथै नियमित किस्ता रकम भन्दा बढी रकम भुक्तानी गर्न सकिने ।
▪ अग्रिम साँवा भुक्तानी गरेको अवस्थामा सदस्यको निवेदनका आधारमा कर्जाको किस्ता पुर्नतालिकीकरण गर्न सकिने ।
कर्जाको लागि योग्यता ः
▪ नेपाली नागरिक, उमेर २१ बर्ष पुरा भई ४० बर्ष ननाघेको ।
▪ व्यवसाय सञ्चालनको योजना (व्यवसायिक योजनाको ढाँचा संस्थाले तोकेबमोजिम)
▪ संस्थाको सदस्य बनेको ३ महिना पुरा भएको ।
▪ संस्थामा अनिवार्य बचत खाता नियमित रहेको ।
▪ संस्था वा अन्य कुनै पनि निकाय बाट उद्यमशिलताको आवश्यक तालिम लिएको हुनुपर्ने ।
कर्जा लगानी रकम सिमा ः
▪ न्युनतम सिमा ः रु १,००,०००(रु एक लाख मात्र)
▪ अधिकतम सिमा ः यस शीर्षकमा प्रति सदस्य बढीमा रु.१० लाख वा परियोजना लागतको ७०
प्रतिशतमध्ये जुन रकम न्यून हुन्छ सो रकमसम्म कर्जा लगानी गर्न सकिने छ ।
धितो सम्बन्धी व्यवस्था ः
▪ धितोको रुपमा सम्बन्धीत सदस्य तथा निजको हकभोग लाग्ने एकाघर परिवारको नाममा रहेको
घरजग्गा स्वीकार गरिने छ ।
ब्याज तथा हर्जाना ः
▪ यो शीर्षक अन्तर्गतको कर्जाको ब्याजदर ९ प्रतिसत हुनेछ ।
▪ यस शीर्षकको कर्जाको ब्याजदर २०८४ असार मसान्तसम्म यथावत रहने छ । त्यसपछि वित्तीय
बजारमा ब्याजदरमा आएको परिवर्तनका आधारमा समय समयमा कर्जाको ब्याजदर परिवर्तन हुन
सक्नेछ ।
▪ कर्जाको नियमित किस्ता भुक्तान नगरेमा ५ प्रतिसत हर्जना साथै अन्तीम भाखा नाघेमा थप ५
प्रतिशत हर्जाना लाग्नेछ ।
कर्जाको अवधि ः
▪ यसप्रकारको कर्जाको मासिक तथा त्रैमासिक किस्ता भुक्तान गर्नुपर्नेछ ।
▪ यसप्रकारको कर्जाको अवधि कर्जा सम्बन्धी आन्तरिक कार्यविधिबमोजिम हुनेछ ।
सेवाशुल्क ः
▪ यसप्रकारको कर्जाको लगानी गर्दा बखतमा कर्जा स्वीकृत रकमको ०.५० प्रतिशत सेवाशुल्क लाग्नेछ

आवश्यक कागजात ः
▪ परिचयपत्र
▪ ऋणी, जमानतकर्ता तथा जग्गाधनीको १ प्रति पासपोर्ट साइजको फोटो
▪ ऋणी, जमानतकर्ता तथा जग्गाधनीको नागरिकता प्रमाणपत्रको फोटोकपि
▪ व्यवसाय सम्बन्धी कागजात
▪ व्यवसाय दर्ता प्रमाणपत्र (नवीकरणसहित)
▪ स्थायी लेखा नम्बर ९एब्ल्० प्रमाण पत्र र अघिल्लो आ.व.को कर चुक्ता प्रमाण पत्र ।
▪ व्यावसायिक योजना (परियोजना स्कीम)
▪ सदस्य वा सदस्यको एकाघर परिवारको नाममा दर्ता भएको व्यवसायलाई मात्र परियोजना मानिनेछ ।
▪ रु. ५ लाखसम्मको कर्जाको हकमा स्थानीय निकायमा दर्ता भएकोलाई मान्न सकिने छ । सोभन्दा
बढी कर्जाको हकमा सम्बन्धित निकाय तथा कर कार्यालयमा दर्ता भई अद्यावधिक भएको हुनुपर्ने ।
आम्दानीको स्रोतको प्रमाण
▪ तलबी प्रमाणपत्र
▪ पछिल्लो ६ महिनामा तलब जम्मा भएको बंैक स्टेटमेन्ट वा कर तिरेको रसिद
▪ वैदेशिक रोजगारी आम्दानीको हकमा पार्सपोर्ट, श्रम स्वीकृति, क्बबिचथ क्ष्उि, पछिल्लो ६ महिनाको
रेमिट स्लिप वा पछिल्लो ६ महिनाको बैंक स्टेटमेन्ट ।
▪ व्यवसायको हकमा व्यवसाय दर्ता, स्थायी लेखा नं. दर्ता, पछिल्लो आ.व.को करचुक्ता प्रमाण पत्र ।
▪ एकाघर परिवारको आम्दानी समेत मान्य हुनेछ ।
▪ आम्दानीका अन्य स्रोत भएमा सोको प्रमाण खुल्ने कागजात ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *