NMC-COOP

कर्मचारीस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले कर्मचारीस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । बिर्तामोड स्थित साई पार्टी प्यालेसमा एनएमसीको युवा तथा विद्यार्थी सरोकार उपसमितिले उक्त कार्यक्रम गरेको थियो ।

संस्था अन्तर्गतको विभिन्न व्यवसाय तथा क्षेत्रलाई समेटी गरी ८ वटा टिमले प्रतिष्पर्धा गरेका थिए । कार्यक्रमको विजेता कर्पोरेट र प्रका समूह भएको थियो भने दोस्रो र तेस्रो क्रमश इलाम क्षेत्र र कनकाई रतुवा ख क्षेत्र भएका थिए । विजेता टोलीले नगद बीस हजार रुपैँया सहित प्रमाण पत्र प्राप्त गरेका थिए । दोस्रो हुने इलाम क्षेत्रले नगद पन्ध्र हजार रुपैँया र प्रमाणपत्र त्यसैगरी तेस्रो हुने कनकाई रतुवा ख क्षेत्रले नगद दस हजार रुपैँया सहित प्रमाणपत्र प्राप्त गरेका थिए । कर्मचारीहरुले विभिन्न चरण पार गरी उक्त प्रतिष्पर्धामा आफ्नो सिट सुरक्षित गरेका थिए ।

संस्थाका अध्यक्ष ठाकुरप्रसाद सिवाकोटीको विशेष उपस्थितीमा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता युवा तथा विद्यार्थी सरोकार उपसमिति संयोजक गोपाल प्याकुरेलले गर्नुभएको थियो । त्यसैगरी संस्थाका वरिष्ठ उपाध्यक्ष भगवती घिमिरे मैनाली, लेखा तथा सुपरीवेक्षण समिति संयोजक रचना दाहाल लगायतको समेत उपस्थिती रहेको कार्यक्रममा स्वागत् युवा तथा विद्यार्थी सरोकार उपसमिति सदस्य कमलप्रसाद पाठकले गर्नुभएको थियो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै संस्थाका अध्यक्ष सिवाकोटीले संस्थाको नीति तथा कार्यविधि अध्ययन गर्ने बानी, संस्थाको बारेमा जानकारी लिने अवसर प्रदान गर्न कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । प्रतिष्पर्धिसहित कुल ७३ जनाको उपस्थिती रहेको कार्यक्रम सञ्चालन संस्थाका कर्पोरेट सामूदायिक विभाग प्रमुख अरुणकुमार प्रधानले गर्नुभएको थियो ।

Related Posts :

Comments :