मोरङ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) अन्तरगत मोरङ क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई उद्घोषण तालिम प्रदान गरिएको छ ।
एनएमसी महिला सशक्तिकरण उपसमितिको आयोजनामा मोरङको बेलबारीमा कार्तिक ३ गते शनिबार तालिम कार्यक्रम गरिएको हो ।
उपसमितिका संयोजक कविता पौड्यालको अध्यक्षतामा आयोजित तालिम कार्यक्रमको औचित्य माथि संयोजक पौड्यालले नै प्रकाश पार्नुभएको थियो ।
मोरङ्ग क्षेत्रका सेवाकेन्द्र प्रमुख तथा कर्मचारीहरु गरी २५ जनाले सहभागिता जनाएको सो तालिममा संस्थाका वरिष्ठ उपाध्यक्ष भगवति घिमिरे मैनालीले सहजीकरण गर्नुभएको थियो । आफ्नो सहजीकरणका क्रममा उनले उद्घोषण तयारीका चरणहरु, उद्घोषकमा हुनुपर्ने गुणहरु एवम् प्रस्तुतिकरण सीपका विषयमा प्रकाश पार्नुभएको थियो ।
यसैगरी संस्थाको शिक्षा तथा तालिम उपसमितिका सदस्य अर्जुनप्रसाद थपलियाले सहभागीहरुलाई उत्प्रेरणामुलक सहजीकरण गर्नुभएको थियो ।
तालिममा सहभागीहरुलाई आयोजक उपसमितिका सदस्य कविता प्रसाईंले शाब्दिक स्वागत गर्नुभएको थियो ।