NMC-COOP

बित्तिय साक्षरता र स्टुडेण्ट सेभिङ क्लवलाई शैक्षिक सामाग्री बितरण कार्यक्रम सम्पन्न

फागुन २३ गते, झापा । नेपाल बहुउद्देशीय सहकारी संस्था लि. अन्तर्गतको विषयगत उपसमिति युवा तथा विद्यार्थी सरोकार उपसमितिको आयोजना तथा दुधे सेवा केन्द्रको समन्वयमा स्टुडेण्ट सेभिङ क्लवमा आवद्ध विद्यार्थीहरुका लागि बित्तिय साक्षरता र स्टुडेण्ट सेभिङ क्लवलाई शैक्षिक सामाग्री बितरण कार्यक्रम २०८१ फागुन २३ गते, शिवसताक्षी १०, माइधार, बाल निकुञ्ज माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।
कार्यक्रममा ९२ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो भने १४० थान एनएमसी कपी विद्यार्थीहरुलाई हस्तान्तरण गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता दुधे सेवाकेन्द्र उपसमिति संयोजक प्रेमप्रसाद भण्डारीले गर्नु भएको थियो र प्रशिक्षण युवा तथा विद्यार्थी सरोकार उप समिति सह–संयोजक, कमलप्रसाद पाठकले दिनु भएको थियो । कार्यक्रम संचालन भने दुधे सेवाकेन्द्र प्रमुख भक्तिप्रसाद भण्डारीले गर्नुभएको थियो ।

Related Posts :

Comments :