
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड चारपाने सेवा केन्द्रद्वारा दीर्घरोग राहत कार्यक्रम अन्तर्गत संस्था सदस्य देवी माया कार्की (सदस्य नं. 0103914) लाई मुटु सम्बन्धी उपचार (Heart Operation) का लागि रु. २५,००० आर्थिक सहयोग प्रदान गरिएको छ।
सहयोग हस्तान्तरण कार्यक्रममा चारपाने सेवा केन्द्रका प्रमुख पवन मैनाली तथा सदस्य सहजकर्ता राजकुमारी राजबंशी उपस्थित रहनुभएको थियो। संस्थाको नियम तथा प्रावधान अनुसार प्रदान गरिएको उक्त राहतले सदस्यलाई उपचारमा सहयोग पुग्ने विश्वास लिइएको छ।
राहत प्राप्त गर्दै सदस्य देवी माया कार्कीले संस्थाको सहयोगप्रति आभार व्यक्त गर्दै, यस्ता सहयोग कार्यक्रमहरूले सदस्यहरूको मनोबल वृद्धि हुने बताउनुभयो।




