नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गत शिवगञ्ज सेवाकेन्द्रका शेयर सदस्य श्री हरिभक्त बास्कोटा र ग्वाल्डुब्बा सेवाकेन्द्रका कर्मचारी श्रीमती इन्द्रकुमारी बास्कोटा का पिता तथा ग्वाल्डुब्बा सेवाकेन्द्रकी सदस्य श्रीमती दुर्गा देवी बास्कोटा का श्रीमान् स्व. नन्दी केशर बास्कोटाको दिवङ्गत भएको छैटौँ पुण्य तिथिका दिन (मिति २०८२/०६/३०) का दिन समवेदना कार्यक्रम सम्पन्न गरिएको छ।
उक्त अवसरमा ग्वाल्डुब्बा सेवाकेन्द्रगत उपसमिति संयोजक, एकाई संयोजकहरू, शिवगञ्ज सेवाकेन्द्र एकाई नं. २ संयोजक श्री ज्ञानबहादुर भण्डारी, ग्वाल्डुब्बा सेवाकेन्द्र प्रमुख तथा कर्मचारीहरू, साथै शिवगञ्ज सेवाकेन्द्र प्रमुख तथा कर्मचारीहरूको संयुक्त उपस्थितिमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै सुद्धाई खर्च रु. १०,०००/– प्रदान गरिएको थियो।
स्व. नन्दी केशर बास्कोटाको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौं। \





