NMC-COOP

स्व. निर्मलदास सन्जेलको पुण्य तिथिमा समवेदना तथा राहत वितरण कार्यक्रम सम्पन्न

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.सगरमाथा सेवाकेन्द्र अन्तर्गतका शेयर सदस्य श्री ख्याम प्रसाद सन्जेल (सदस्य नं. ००२४३१०) तथा पथरिया सेवाकेन्द्र अन्तर्गतकी शेयर सदस्य श्रीमती बसन्ती सन्जेल (सदस्य नं. ०१६९४४९) का पुजनीय पिता स्वर्गीय निर्मलदास सन्जेल ज्युको ७ औं दिनको पुण्य तिथिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।

साथै संस्थाको नीतिगत व्यवस्था बमोजिम रु. १०,०००/- (दस हजार रूपैयाँ) शुद्ध्याई खर्च राहत रकम समेत प्रदान गरिएको छ।

उक्त समवेदना कार्यक्रममा सगरमाथा सेवाकेन्द्रगत उपसमिति संयोजक बलबहादुर कटुवाल, एकाई नं. ४ का संयोजक शेखर थापा मगर, तथा एकाई नं. ४ सदस्य सहजकर्ता निर्मला मिश्रको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन कार्यालय कर्मचारी निवारण कुमार गणेशले गर्नुभएको थियो, जसमा उहाँले संस्थाका राहत तथा सुविधासम्बन्धी जानकारी पनि प्रदान गर्नुभएको थियो।

Related Posts :

Comments :