नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड अन्तर्गत मेची क्षेत्र स्तरिय अन्तर मावि हाजिरीजवाफ प्रतियोगिता २०८२ पुस ४ गते शुक्रबार सम्पन्न भएको छ ।
शुक्रबार इटाभट्टास्थित आदर्श माविको प्राङ्गणमा सम्पन्न हाजिरीजवाफ प्रतियोगितामा धुलाबारी माविले प्रथम स्थान हासिल गरेको छ भने जनता मावि तेलपानी द्वित्तीय एवम् गडिगाउँ मावि शान्तिनगर तृतीय भए ।
विजेताले क्रमशः नगद ६ हजार, ४ हजार ५ सय तथा ३ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा १५ विद्यालय सहभागी थिए ।
संचालक समिति सदस्य एवम् युवा तथा विद्यार्थी सरोकार उपसमिति संयोजक सीताकुमारी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि आदर्श माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष पूर्ण बहादुर खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।
सोअवसरमा स्वागत युवा तथा विद्यार्थी सरोकार उपसमिति सदस्य कमल प्रसाद पाठक र संचालन संस्थाका सामुदायिक बिभाग प्रमुख अरुणकुमार प्रधानले गरेका थिए ।







