NMC-COOP

अन्तर मावि हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

केर्खा, माघ २३ — युवा तथा विद्यार्थी उपसमितिको आयोजनामा केर्खामा अन्तर माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

प्रतियोगितामा विभिन्न विद्यालयहरूको सहभागिता रहेको थियो। कडा प्रतिस्पर्धाबीच कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालय, तोपगाछी ले प्रथम स्थान हासिल गर्न सफल भयो। त्यस्तै स्कुलचौन माध्यमिक विद्यालय, गौरादह ले द्वितीय स्थान र मङ्गलमय माध्यमिक विद्यालय, पाडाजुगी ले तृतीय स्थान प्राप्त गरे।

विजेता तथा सहभागी विद्यालयहरूलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगितामा प्रथम हुने विद्यालयलाई नगद रु ६,०००, द्वितीयलाई रु ४,५०० र तृतीयलाई रु ३,००० नगदसहित प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।

शुक्रबार सम्पन्न उक्त प्रतियोगिताले विद्यार्थीहरूमा ज्ञान, तर्कशक्ति र प्रतिस्पर्धात्मक भावना विकास गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजक युवा तथा विद्यार्थी उपसमितिले बताएको छ।

Related Posts :

Comments :