फिक्कल । नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तर्गतको विषयगत उपसमिति महिला सशक्तिकरण उपसमितिको आयोजनामा इलाम क्षेत्र अन्तर्गतको फिक्कल माविमा बैशाख २१ गते किशोरीहरुको यौन तथा प्रजनन् स्वस्थ्य सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
महिला सशक्तिकरण उपसमितिका संयोजक हेमा सिटौलाले अध्यक्षता गरेको उक्त कार्यक्रममा प्रमुुख सहजीकरण संस्थाका सञ्चालक समिति उपाध्यक्ष भगवती घिमिरे मैनालीले गर्नुु भएको थियो । कार्यक्रममा किशोरी विद्यार्थीसहित निजका आमाको उपस्थिति रहेको थियो । कार्यक्रममा किशोर अवस्थामा हुुने शारीरिक तथा मानसिक परिवर्तनबारे सहजकर्ताले खुुलेर चर्चा गर्नुुभएको थियो । हरेक मानिस शारीरिक, मानसिक तथा सामाजिक रुपमा प्रजनन प्रणाली, यसको कार्य र प्रजनन प्रक्रियाको सन्दर्भमा निरोगी र जानकार हुुनुुपर्दछ भन्ने विषयको जानकारी गराउँदै यौन तथा प्रजनन स्वास्थ्यको अधिकार हरेक व्यक्तिको हुुने भएकोले विशेष गरी किशोर उमेरका छात्राहरुलाई भविष्यमा हुुन सक्ने समस्याबारे थप जानकारी गराउने मुुख्य उद्देश्यीयले सचेतनामुुलक कार्यक्रम आयोजना गरिएको थियो ।
४० जनाभन्दा बढी किशोरी विद्यार्थीको सहभागितामा सम्पन्न कार्यक्रममा महिला सशक्तिकरण उपसमिति सदस्य कविता पौड्यालले कार्यक्रमको आवश्यकता र औचित्यमाथि प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सदस्य सचिव हिरन कट्टेलले गर्नुभएको थियो ।