नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको विषयगत उपसमिति युुवा तथा विद्यार्थी सरोकार उपसमितिको आयोजना र संस्थाको बचत तथा ऋण व्यवसाय चारआली सेवाकेन्द्रको स्थानीय व्यवस्थापनमा मिति २०८१ साल जेठ ११ गते शुुक्रबार दिनको २ बजेबाट एनएमसी दुुर्गा बोर्डिङ्ग स्टुुडेन्ट सेभिङ्ग क्लवमा आवद्ध विद्यार्थीहरुको सहभागितामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको थियो । उपसमितिका संयोजक श्री गोपाल प्याकुुरेलज्युुको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा चारआली सेवाकेन्द्रका एकाई नं ७ का संयोजक भोज बाहदुुर कार्कीले सहभागि विद्यार्थीहरुलाई स्वागत गर्नुुभएको थिए ।
७५ जना विद्यार्थीहरु सहभागि भएको उक्त कार्यक्रममा संस्थाको नीतिगत व्यवस्था बमोजिम रु.५००० बराबरको शैक्षिक सामग्री हस्तान्तरण समेत गरिएको थियो । विद्यार्थी जीवनबाट नै बचत गर्नुुपर्छ, फजुुल खर्च कटौती गर्नुुपर्छ साथै वित्तीय साक्षरताको अर्थ र महत्वका बारेमा उपसमितिका संयोजक श्री गोपाल प्याकुुरेलले सहजिकरण गर्नुुभएको थियो भने समग्र संस्थाको बर्तमान अवस्था र स्टुुडेन्ट सेभिङ्ग क्लवको नीतिगत व्यवस्था सेवाकेन्द्र प्रमुुख संगिता तामङ्गले गर्नुुभएको थियो ।समग्रमा उक्त कार्यक्रम विद्यार्थीहरुको उत्साहजनक उपस्थितिमा सौहार्दपुुर्ण वातावरणमा सम्पन्न भएको थियो ।