NMC-COOP

उत्प्रेरणामुुलक कार्यक्रम सम्पन्न

नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. इलाम सेवाकेन्द्र अन्तर्गत गठित एनएमसी मंगलबारे कलेज स्टुुडेन्ट सोसाइटिको आयोजनामा मिति २०८१ साल जेठ २० गते आइतबारका दिन कलेजको सभाहलमा विहानको ८ बजेबाट १०ः३० बजे सम्म सकारत्मक सोच र उद्यमशिलताको विषयमा उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको थियो ।युुवा तथा विद्यार्थी सरोकार उपसमितिको प्राविधिक सहयोग र मंगलबारे सेवाकेन्द्रको स्थानीय व्यवस्थापनमा सम्पन्न भएको उक्त कार्यक्रममा संस्थाका शिक्षा तथा तालिम उपसमिति सदस्य अर्जुुनप्रसाद थपलियाले विद्यार्थीहरुमा सकारत्मक सोचको आवश्यकता र सफल जीवनका आधारहरुको बारेमा विभिन्न उदाहारणहरु जोडेर सहभागि विद्यार्थीहरुलाई उत्प्रेरित गर्नुु भएको थियो ।

कलेज स्टुुडेन्ट सोसाइटिका कोअर्डिनेटर अंकिता दमाईको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा जम्मा ९० जाना विद्यार्थीहरुको सहभागिता रहेको थियो । विद्यार्थीहरुलाई उद्यमशिलताको विषयमा युुवा तथा विद्यार्थाी सरोकोर उपसमितिका संयोजक गोपाल प्याकुरेलले सहजीकरण गर्नुुभएको थियो ।उक्त कार्यक्रममा संस्थाको तर्फबाट समिति उपसमिति पदाधिकारी तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । समग्रमा कार्यक्रम सब्य एवम् भव्य रुपमा सम्पन्न भएको थियो ।

Related Posts :

Comments :