नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गत इटाभट्टा सेवाकेन्द्रको स्थानीय व्यवस्थापनमा मिति २०८१ साल जेठ २४ र २५ गते दुुईवटा स्टुुडेन्ट सेभिङ्ग क्लव गठन भएका विद्यालयमा वित्तीय साक्षरता र शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । पहिलो दिनको कार्यक्रम आदर्श मा.वि मा जम्मा १०३ जाना विद्यार्थीहरुको सहभागितामा सम्पन्न भएको थियो ।

त्यसैगरी मिति २०८१ साल जेठ २५ गते मे.ने.पा ८ मा रहेको बालकल्यण मा.वि.मा सोही प्रकृतिको कार्यक्रम जम्मा १२० जाना विद्यार्थीहरुको सक्रिय सहभागितामा सम्पन्न गरिएको थियो । दुुवै विद्यालयमा सञ्चालन गरिएका कार्यक्रममा संस्थाको नीतिगत व्यवस्था अनुुरुप विद्यालयलाई रु.५००० बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो ।दुुई दिन लगातार फरक फरक विद्यालयमा सञ्चालन भएको कार्यक्रमको सहजिकरण युुवा तथा विद्यार्थी सरोकार उपसमितिका संयोजक गोपाल प्याकुरेलले गर्नुुभएको थियो भने कार्यक्रम सञ्चालन इटाभट्टा सेवाकेन्द्र प्रमुुख रिता श्रेष्ठले गरेकि थिइन् ।