नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गत शनिश्चरे सेवाकेन्द्रको स्थानीय व्यवस्थापनमा मिति २०८१ साल असार महिनाको ३ गते एनएमसी सुुर्यज्योति इङ्गलिस सेकेण्डरी स्कुुलमा संस्था अन्तर्गतको विषयगत उपसमिति युुवा तथा विद्यार्थी सरोकार उपसमितिको आयोजनामा वित्तीय साक्षरता र शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाको नीतिगत व्यवस्था अनुुरुप विद्यालयलाई रु.५००० बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो ।विद्यार्थी जीवनबाट नै बचतको अर्थ ,बचतको किन,बचतका महत्व लगायतका विषयमा विद्यार्थीहरुलाई जानकारी गराउँदै बचत गर्ने बानिको विकास गराउन यस प्रकारका कार्यक्रमहरु संस्थाले आयोजना गर्दै आएको छ । कार्यक्रमको सहजिकरण युुवा तथा विद्यार्थी सरोकार उपसमितिका संयोजक गोपाल प्याकुरेलले गर्नुुभएको थियो भने कार्यक्रम सञ्चालन शनिश्चरे सेवाकेन्द्र प्रमुुख रोहित बाहदुुर अधिकारीले गरेका थिए ।उक्त कार्यक्रममा विद्यार्थीहरु सहित करिव १४५ जानाको सहभागिता रहेको थियो ।